सिमकोट । नेकपा माओवादी निकट वाईसीएलको ताँजाकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ ।
दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नव गठित वाईसीएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाईसीएल गठन गरिएको नेकपा माओबादी केन्दीय अध्यक्ष लालकेश जैशीले बताए ।
बिहीबारबाट पालिका केन्द्र छप्रेलामा सञ्चालन भएको भेलाले सो समिति गठन गरेको हो । त्यसै गरि २९ सदस्यीय वडा र सेल कमिटि पनि गठन गरिएको छ । ताँजाकोटमा पाँच वटा वडा रहेका छन् ।
अध्यक्ष जैशीले अब जिल्लाका छ वटा गाउँपालिका वाईसीएल गठन कार्य चाँडै हुने बताए । सबै गाउँपालिकामा गठन भएपछि जिल्ला स्तरीय भेलाबाट जिल्लाको नेतृत्व पनि गठन हुने बताए ।
यसअघि माओवादी युद्धको झल्को दिने ताँजाकोटका वाईसीएलले मार्चपास अभियान सञ्चालन गरेको थियो । संगठन बिस्तार गर्ने भन्दै मार्चपास सहित सो संगठ ब्युताएको लागिएको हो ।
सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट माओवादी केन्द्र पुनर्स्थापित भएसँगै केन्द्र हुँदै जिल्ला, स्थानीय तह, वडासम्म वाईसीएल पनि ब्युँतिएको हो ।
जिल्ला संगठनलाई सुदृढ़ीकरण गर्दै वडाको विकास, समृद्धि पार्टी पंक्ति, जनर्वर्गीय संगठन बिस्तार तथा भेलाको आयोजना जिल्ला देखि वडसम्म गठन गर्ने क्रममा वाईसीएल गठन गरिएको हो।