जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा शिक्षण अस्पताल जुम्लाको अवलोकन गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी जुम्ला पुगेका छन् । कर्णालीको दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको अवलोकन गर्न उनी शुक्रबार जुम्ला पगेका हुन ।
प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यलयमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, तथा अध्यायन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धी हात पार्न सफल भएको बताए ।
कोभिड रोकथाम तथा नियन्त्रणदेखि दुर्गममा स्वास्थ्य उपचार, तथा विशेषज्ञ विषयको पढाई तथा कर्णालीलाई स्वास्थ्यको हबका रुपमा चिनाउन प्रतिष्ठानले ठुलो योगदान गरेको उनले बताए ।
“दुर्गम कर्णालीका हुम्ला, डोल्पा, मुगु लगायत सुदरपश्चिम सहित १३ जिल्लामा सुलभ तथा गुणस्तरी स्वास्थ्य पुराउन प्रतिष्ठान सफल भएको छ । कर्णाली स्वास्थ्यको हब हो । जस्तासुकै उपचार कर्णालीमै हुन्छ भन्ने सन्देश दिन प्रतिष्ठानका पदाधिकारी, डाक्टर सबै जनशक्तिले दिएको योगदान पनि प्रशंसनिय छ”, उनले भने ।
स्वास्थ्य सेवा प्रवाह तथा उपचारमा प्रतिष्ठान अब्बल भएको भन्दै प्रदेश प्रमुख कलौनीले विभिन्न पटक आउने कोरोना जस्ता अन्य महामारीमा उपचारसँगै जनचेतनाका कार्यक्रममा समेत जोड दिन सुझाए । कर्णाली प्रतिष्ठान समग्र कर्णालीसंगै देशकै भरोसाको केन्द्र भएकोले पनि स्वास्थ्य सेवामा गुणस्तरीयता तथा विश्वसनियतामा ध्यान पुर्याउनु पर्नेमा उनको जोड छ । जनशक्ति, भौतिक संचरना, लगायतका अन्य समस्या समधानका लागि तीन तहका सरकारसँग अवश्यक समन्वय र पहल गर्ने समेत प्रतिबद्धता गरे ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन र अध्ययन अनुसन्धानलाई विशेष प्रथामिकता दिएर प्रतिष्ठानले काम गरिरहेको दाबी गरे ।
उनले अन्तरक्रियामा प्रतिष्ठानको गतिविधि प्रस्तुत गर्दै भने, “हामीले वर्षमा ६० हजार बढी बिरामीको उपचार गरिरहेका छौँ । सिनेटले प्रतिष्ठानमा ६ सय ७४ जना जनशक्ति रहने निर्णय गरेपनि हालसम्म कार्यरत ३ सय ४२ जना मात्रै छौँ । कम जनशक्ति, भौतिक संरचनाको अभाव, बत्ती, ईन्टरनेट, फोहोर मैला व्यवस्थापनको अभावका बीच पनि प्रतिष्ठानले नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ ।”
पर्याप्त विजुली नभएकै कारण वर्षमा जेनेरटर संचालनका लागि ७० लाख सम्म इन्धन खर्च हुने गरेको छ । बिजुली अभावकै कारण मेसिनरी उपकरण संचालनमा पनि उत्तिकै समस्या छ । पर्याप्त भवन नहुँदा बाहिरबाट आउने डाक्टहरुलाई बस्ने क्वाटर छैन् । कर्णाली प्रतिष्ठानका यि विविध समस्या समधानका लागि प्रदेश प्रमुखल कलौनीले संघ र प्रदेश सरकारसंग आवश्यक पहल गर्ने समेत शिक्षाध्यक्ष थापाले आश व्यक्त गरे ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि चाहिने आइसोलेसन, आइसियू, भ्यान्टीलेटर, अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डर लगायतका औषधी उपकरण सबै प्रयाप्त रहेकाले बिरामीको उपचारमा कुनै समस्या नरहेको बताइएको छ ।
हाल प्रतिष्ठानमा करिब ७६ जना विभिन्न विषयका विशेषज्ञ डाक्टरले नियमित सेवा प्रवाह गरिहेका छन् । प्रतिष्ठानमा हाल फोहोर व्यवस्थापन, सबै जिल्लाबाट सजिलै पग्ने सडक (कनेक्टीभिटी) समस्या, सेमिनार हल नहुनु बाहिबाट आउने डाक्टर बस्ने क्वाटर नहुुनु लगायतका समस्या रहेको संघ प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत अपिल गरिएको छ ।