जुम्ला : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले बिकासमा भएको भ्रष्टाचारलाई पत्रकारितामार्फत उठान गर्न आवश्यक रहेको बताए । उनले विकास निर्माणमा भइरहेको अनियमितताको बारेमा कलम चलाउनु पत्रकारिताको एक ठुलो धर्म हो। विकाससंग जोडीएको वस्तुस्थिति बारेमा बुझन जुम्ला पुगेका कलौनीले पत्रकारहरुसंग भेटघाटमा समाचार सम्प्रेषण गर्दा सत्य तथ्य, स्वतन्त्रता, सक्षमता र निष्पक्षतालाई ध्यानमा राख्नुपर्ने बताए ।
उनले भने, ‘पत्रकारिता पेशा भनेको समाजको ऐना हो । लुकेर रहेका वेथिति विसंगतिलाई चिरफार गर्नु र जनतालाई सुसुचित गराउने काम मिडियाले गरेको छ । विकासमा गति दिने र विकासमा हुने भ्रष्टाचारको निगरानी राख्ने काम नै पत्रकारिताको हो ।
न्यायपालिका, व्यवस्थापिका, कार्यापालिकापछिको पत्रकारिता भएको बताउँदै नितिगत निर्णयमा हाम्रो भुमिका रहने बताए । 'विकास र समृद्धिमा उजागर ल्याउने सञ्चार क्षेत्रको हात हुन्छ, उनले जुम्लाको प्राकृतिक सुन्दरताको प्रशंसा गरे ।'
'कर्णाली प्रदेशका जिल्ला मध्येकै जुम्ला सम्भावनायुक्त रहेको जिल्ला हो । कर्णालीलाई जल,जमिन र जडिबुटीको धनि प्रदेश पनि हो, समग्र कर्णालीको विकासमा संघ,प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्ने काम आफुले गर्ने प्रतिबद्धता रहेको उनले बताए ।'
कर्णाली प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजित हुने रकम प्रदेशको राजधानी केन्द्रीत गर्ने गरेको नेपाल पत्रकार माहासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले न्यायोचित ढंगले कर्णालीका अन्य जिल्लामा आवद्ध रहेका मिडियाहरुलाई बिज्ञापन दिनुपर्ने बताए ।
अध्यक्ष शाहीले जुम्लाका पत्रकारहरुले विद्युतको ठुलो सास्ती खोपेका छन् । यसको लागि माथिल्लो कर्णालीमा देखिएको इन्टरनेटको समस्या समाधानको लागि प्रदेश प्रमुखले पहल गर्नु पर्ने बताए ।