सिमकोटः कोरोना महामहारीबाट जोगिने सजिलो र उपयुक्त माध्यम मास्क नै बनेको छ । मास्क लगाउने अभियान जहिलै पनि प्रहरी कै भए जस्तो देखिन्छ । आइतबार हुम्लामा पूनः प्रहरीले यो अभियान चलाएको छ ।
महामारी फैलिएको १६ महिना भन्दा बढी समय भइसकेको छ । तर पनि अझै मानिसमा मास्क लगाउने बानी परेको देखिदैन । सर्वसाधारणलाई मास्क लगाउने बानी नपरेपछि प्रहरीले बारम्बार यो अभियान चलाउनु परेको हो ।
यसअघि नागरिकहरुले कोरोना संक्रमणका लागि भन्दा पनि प्रहरीका लागि मास्क लगाएको जस्तो हुँदै आएको थियो ।
किन कि प्रहरी सार्वजनिक ठाउँमा देखिने वित्तिक्कै मानिस मास्क लगाउन सुरु गर्ने पनि देखिन्छ । यसलाई नागरिकको कर्तव्य ठान्ने कि प्रहरीको सेवा ।
तर हालसम्म प्रहरीको मुख्य काम नै नागरिकलाई माक्स लगाउने काम भए जस्तो देखिएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा प्रहरीले यो अभियान पून सुरु गरेको छ ।
यसअघि कोरोना संक्रमणको दोस्रो भेरियन्ट सुरु भएर जिल्लामा लकडाउन जारी रहँदा होस हाल खुल्ला रहँदा उस्तै छ । पून प्रहरीले एक पटक तपाईका माक्स खै अभियान चलाएर हाम्रो काम यही हो भन्ने देखाएको छ ।
यो अभियान सुरु भएदेखि बजार क्षेत्रमा मास्क नलगाएर हिडडुल गर्ने जो कोहीलाई मास्क समेत वितरण गर्न सुरु गरेको छ । यसरी सुरु भएको अभियान निरन्तर रहने प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।
निषेधाज्ञा हटेसँगै मानिसको आवत–जावत बढेको र माक्स नलगाएर मानिस निस्कन थालेपछि यो अभियान चलाउनु परेको प्रहरीले जनाएको छ ।