मुगुः सरकारले साविकका कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क रुपमा वितरण गर्दै आइरहेको २० केजी चामल दिदै आएको छ ।
उक्त चामल वितरण पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । चामल कर्णाली मुगु, जुम्ला र, हुम्लामा वितरण भइरहेको छ । तीन जिल्ला गरी एक हजार क्विन्टल चामल वितरण गरिएको छ ।
मुगुबाट आर्थिक वर्ष ०७७/७८ मा एक सय ७ क्विन्टल २० केजी, जुम्लाबाट ८१ क्विन्टल २० केजी, हुम्लाबाट आठ सय ९४ क्विन्टल गरी जम्मा एक हजार ८२ क्विन्टल, ४ केजी चामल वितरण गरिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्धारा मुगुबाट जन्मको ५ सय ८ जना, मृत्यु २८ जना गरी जम्मा ५ सय ३६ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका सुचना अधिकारी पुस्कर भामले बताए ।
यस्तै जुम्लामा जन्मको लागि ४ सय ६, मृत्युको २२ गरी जम्मा ४ सय २८ जनालाई चामल वितरण गरेको र उक्त चामल ढुवानीको लागि एक लाख बढी रकम वितरण गरेको जुम्ला शाखाका प्रमुख तिलक सुनारले बताए ।
यस्तै हुम्लाका सातवटै स्थानीय तहका चार सय ४७ जनालाई वितरण गरिउको छ । जन्म र मृत्युका अवसरमा प्रत्येक व्यक्तिले २० केजीका दरले वितरण गर्ने सरकारको निर्णय अनुसार कम्पनीले जन्म संस्कारमा ३ सय १९ र मृत्युका १ सय २८ जनालाई चामल वितरण गरिएको हुम्ला शाखाका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।
उक्त चामल ढुवानी गर्न एक लाख ६८ हजार पाँच सय रुपैयाँ नगद वितरण गरिएको उनले भने । जन्म र मुत्युको दर्ता प्रमाण–पत्र, सम्बन्धित स्थानीय तह अथवा वडा कार्यालयको सिफारिस पत्रका आधारमा खाद्य वितरण केन्द्र , जिल्ला शाखामार्फत उक्त चामल वितरण गर्दै आएको बताइएको छ ।