काठमाडौं : आफ्नो स्वस्थ्य र फिट राख्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने त्यो जवाफ आफुसँग नै छ । अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ ।
धेरै मानिसहरुलाई थाहा हुँदैन कि एक्सरसाइज गर्ने समयमा पनि तौलमा असर पर्छ । बिहानको समयमा एक्सरसाइज गर्नाले कैयौं फाइदा हुन्छन् ।
केही मानिस बिहान छिट्टै उठ्न सक्दैनन् । कोही मानिस उठे पनि सक्रिय महशुस गर्दैनन्, बिहान बिहानै एक्सरसाइज गर्नका लागि । केही मानिसहरु बिहानै एक्सरसाइज गरेपछि मात्रै दिनको शुरुवात गर्दछन् ।बिहानको एक्सरसाइजले शरीरमा एन्डोर्फिन हार्मोन बन्दछ । जो तनाव कम गर्दै दिमागलाई शान्त राख्दछ ।
बिहान एक्सरसाइज गर्नाले मेटाबालिज्म पनि ठिक रहन्छ । अध्ययन अनुसार साँझ एक्सरसाइज गर्नेको तुलनामा बिहान एक्सरसाइज गर्नेलाई निद्रा राम्रो लाग्ने पाइएको छ ।
दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म शरीरको तापमान सबैभन्दा धेरै रहन्छ । शरीरको बढ्दो तापमान मांशपेसीलाई बढी ताक पनि दिन्छ । यद्यपि, तौल घटाउनका लागि नियमित रुपमा एक्सरसाइज गर्न जरुरी हुन्छ ।
कसरी हुन्छ मोटोपन ?
मोटोपना के हो ? यो कसरी हुन्छ ? भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ ।
बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि टाँसिएर बसेको हुन्छ । बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ ।
अर्काे एउटा कुरा बुझ्न के जरुरी छ भने हाम्रो शरीर सञ्चालको लागि सामान्य रुपमा क्यालोरी चाहिन्छ । मैले भन्न खोजेको हामी निदाएको समयमा पनि हाम्रो मस्तिष्क, मुटुलगायत धेरै अङ्गहरु सञ्चालनमा हुन्छन् । सञ्चालन भएका अङ्गलाई मेन्टन गर्नको लागि क्यालोरी चाहिन्छ ।
तौल घटाउने अन्य टिप्सः
–साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ । यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ ।
–सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ ।
– हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।
–शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।