क्रिकेटका पारखीका लागि सौरभ गांगुली नयाँ नाम हाेइन। भारतीय क्रिकेटका सफल कप्तान र 'बंगाली दादा'का उपनामले परिचित उनी विश्वकै शक्तिशाली मानिने भारतीय क्रिकेट बोर्डको अध्यक्ष बन्न सफल भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्षका एक्ला प्रतिस्पर्धीका रूपमा रहेका पूर्व कप्तान गांगुलीसँगै सोही पदका लागि बृजेश पटेल पनि प्रत्यासी थिए।
तर पटेल पछि हटेकाले गांगुली अध्यक्ष बन्ने बाटो खुलेको थियो। भारतीय क्रिकेटलाई यो उचाईमा पुर्याउने उनलाई ‘बंगाल टाइगर’ उपनामले समेत चिनिन्छ।
उनी अध्यक्ष भएको औपचारिक घोषणासमेत भएको छ। गृहमन्त्रीका छोरा सचिव र वित्तमन्त्रीका भाई कोषाध्यक्ष!
गृहमन्त्री अमित शाहका छोरा जय शाह सचिव पदका लागि दाबेदारीमा छन्। बीसीसीआइका पूर्व अध्यक्ष एवं वित्तराज्यमन्त्री अनुराग ठाकुरका कान्छा भाई अरुण धुमल कोषाध्यक्षको दौडमा छन्। गांगुली यस्ता कप्तान हुन्, जसले विदेशी भुमिमा भारतलाई जित्न सिकाएका थिए।
यही सानका कारण उनलाई दादा भन्न थालिएको हो। टिम इन्डियाका यी कप्तानले कुनै समय विश्व क्रिकेटमै दादागिरी देखाएको मानिन्छ। भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याउनुका साथै स्वर्णिम युग शुरु गराएको भनी चर्चा पाएपछि उनलाई बंगाली दादा उपनामले चिनिन थालेको हो।
गांगुलमाथि फेरि भारतलाई क्रिकेटको अध्यक्ष भएर दादागिरी देखाउने मौका मिलेको छ।
शतकबाट टेस्ट करिअरको शुरुवात
गांगुलीले डेब्यू खेल नै शतकबाट शुरु गरेका थिए। सन् १९९६ मा इंगल्यान्डविरुद्ध भारतले खेलेको टेस्टमा उनले डेब्यू गरेका थिए। उक्त खेलमा गांगुलीले शतक प्रहार गरे।
उनले ४९ टेस्ट र १ सय ४७ एक दिवसीय खेलमा कप्तानी गरेका छन्। उनले आफ्नो खेल अवधिमा १ सय १३ टेस्ट म्याचमा ४२.१७ को औसत रनरेटमा ७ हजार २ सय १२ रन बनाए। जसमा १६ शतक र ३५ अर्धशतक बनाए।
देब्रे हातले खेल्ने गांगुली एक स्टालिस ब्याट्सम्यान कहलिएका छन्
त्यस्तै ३ सय ११ एक दिवसीय खेलमा उनले ४१.०२ को औषत रनरेटमा ११ हजार ३ सय ६३ रन बनाएका थिए। एक दिवसीयमा २२ शतक र ७२ अर्ध शतक बनाएका गांगुलीले धर्मराएको भारतीय क्रिकेटलाई नयाँ रूप दिएका थिए।
उनले घरेलु मात्र नभएर विदेशी भुमिमा पनि टिम इन्डिया जित हात पार्न सक्छ भनी देखाए। भारत लामो समयसम्म विदेशी भूमिमा हार व्यहोरेर निराश भएका बेला गांगुलीको कप्तानीले जित हात पारेको थियो।
गांगुलीको नेतृत्वमा टिम इन्डिया १९८३ र २००३ को विश्वकपको फाइनलमा पुग्न सफल भयो। गांगुलीले २००८ मा अष्ट्रेलियाविरुद्ध घरेलु टेस्ट सिरिजपछि अवकाश लिएका थिए।
हाल उनी क्रिकेट एशोसियसन अफ बंगालको अध्यक्ष छन्।
गांगुलीको कप्तानीमा भारतीय क्रिकेट टिम २००२ मा श्रीलंकासँग संयुक्त विजेता बनेको थियो। २००२ मा दक्षिण अफ्रिकामा भएको विश्वकमा फाइलनसम्म पुगेको थियो।
यस बाहेक गांगुलीलाई सँधै याद गरिने समय भनेको २००२ को इंग्ल्यान्ड विरुद्धको खेल पनि हो।उक्त खेलमा जित हात पारे पनि उनले टी-सर्ट उतारेका थिए।
यस्ता छन् गांगुलीका उपलब्धि
१. १९९६मा डेब्यु गरेको टेष्टमै अन्तराष्ट्रिय शतक प्रहार
२. २० भन्दा धेरै टेष्ट म्याच जिताउने कप्तान। उनी आफ्नो कप्तानीमा २१ टेष्टमा भारतलाई जिताउन सफल भए। यसअघि मोहम्द अजहद्दीनको कप्तानीमा भारतले १४ टेष्ट म्याच जितेको थियो। गांगुलीले उक्त रेकर्ड तोडेका थिए।
उनी पछि महेन्द्रसिंह धोनीले पनि यो रेकर्ड तोडेका छन्। धोनीले आफ्नो कप्तानीमा २७ टेस्ट जिताएका छन्। यो रेकर्ड हालका कप्तान विराट कोहलीले पनि तोडिसकेका छन्। उनले आफ्नो कप्तानीमा ३० टेस्ट जिताएका छन्।
३. गांगुली वान डे क्रिकेटमा सबैभन्दा कम समयमा नै ६ हजार रन पुर्याउने पाँचौ नम्बरमा छन्। १४७ वान डेको पारीमा उनले ६ हजार रन पुर्याएका थिए।
४. गांगुली वान डे क्रिकेटमा तीव्र गतिमा १० हजार रन पूरा गर्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। २ सय ६३ वान डे क्रिकेटको पारीमा १० हजार रन पूरा गरेका गांगुलीभन्दा अघि सचिन तेन्दुलकर र विराट कोहली मात्र छन्।
५. वान डे क्रिकेटमा सबैभन्दा धेरै रन साझेदारी गर्ने रेकर्ड पनि गांगुली र सचिन तेन्दुलरको नाममा छ। उनीहरुको यो वल्र्ड रेकर्ड थियो। दुई खेलाडीले १७६ वान डेको पारीमा ८ हजार २ सय २७ रन साझेदारी गरेका थिए। उनीहरुले २६ शतक र २९ अर्धशतक प्रहार गरेका थिए। यो विश्व रेकर्ड तोड्न हालसम्म कसैले पनि सकेको छैन।
६. वान डे क्रिकेटमा सबैभन्दा धेरै साझेदारी गर्ने रेकर्ड पनि गांगुलीको साझेदारीमा भएको थियो। राहुद दब्रिड र गांगुलीको जोडीले ब्याटिङ गर्दै चौथो नम्बरमा यस्तो रेकर्ड बनाएका थिए। उनीहरुको जोडीले दोस्रो विकेटका लागि ३१८ रनको साझेदारी गरेका थिए। यो जोडीभन्दा अघि क्रिस गेल–मार्लोन सैमुअल्स ३७२, जोन कैम्पबेल–शाई होप ३६५ र सचित तेन्दुलर–राहुद दब्रिड ३३१ रन छ।
७. वान डे क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको दशौं नम्बरमा गांगुली छन्। उनले १ सय ९० वटा छक्का प्रहार गरेका थिए। उनीभन्दा अघि शहिद अफ्रिकी (३५१) क्रिस गेल (३५१) सनथ जयसुर्य (२७०) रोहित शर्मा (२३२) महेन्द्रसिंह धोनी (२२९) इयोन मोर्गान (२११) एबी डिविलियर्स(२०४), ब्रेन्डम मैकलम(२००) सचिन तेन्दुलकर(१९५) छन् ।
८. वान डे क्रिकेटमा गांगुली ३१ पटक म्यान अफ द म्याच हुन सफल भए। यस्तो रेकर्ड बनाउने उनी तेस्रा भारतीय कप्तान हुन्। उनीभन्दा बढी सचिन तेन्दुलकर ६२ र विराट कोहली ३५ पटक म्यान अफ द म्याच भएका छन्।