कर्णालीः यार्सागुम्बा कर्णालीको सुन हो । कर्णालीको चाँदी हो । कर्णालीको हिरा हो । जो कर्णालीका धेरै पाटनमा पाइन्छ । करोडौंंको मुल्यमा बिक्री हुँदै आएको छ ।
कर्णालीको सुर्खेत दैलेख र सल्यान बाहेकका अन्य जिल्लाहरुमा पाइने गरेको छ । यसलाई स्थानीयहरु ‘च्याउ’ र ‘कीरा’ भन्छन् तर यो कर्णालीको हिराका रुपमा स्थापित भइसकेको छ । यार्सागुम्बाबाट धेरै कर्णालीबासीहरुको जीवन स्तरनै बदलिएको छ । यार्सागुम्बा आर्थिकको मुख्य स्रोत बनेको छ ।
जुम्ला, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, रुकुम लगायतका स्थानीयहरु यार्सा टिप्न पाटनमा पुग्ने गरेका छन् । यसपालि महामारी कोरोनाको कहरले यार्साको सिजन लाग्न पाएन । जेठको पहिलोमा यसको सिजन लाग्ने गरेको थियो । यो वर्ष सिजन नलाग्दा यार्सा बेचेर जोहो गर्ने स्थानीयहरुलाई खर्च टार्न धौधौ भएको छ ।
महामारीका रुपमा फैलिएको कोरोनाले जताततै भयावह अवस्थामा बनेपछि सम्बन्धित स्थानीय तहहरुले यार्साको सिजन बन्द गर्ने निर्णय गरेका थिए । यसले गर्दा यार्सा बेचेर जोहो गर्नेहरुलाई धौधौ भएको स्थानीय बताउँछन् ।
यार्सा टिप्न जाँदा निकै कठिन हुने गरेको छ । कयौंको ज्यान समेत गएको छ । यार्सागुम्बाको सिजन सुरु भएको भए कर्णालीका वृद्धदेखि बालबालिकाहरु पाटनमा भरिभराउ हुने गरेका थिए । गाउँ सुनसान हुन्थे, पाटनहरु भरिभराउ । यो समून्द्र सतहबाट ३,००० मिटरदेखि ६,००० मिटरसम्मको उचाईमा पाइने गरेको छ ।
'सबै तस्विर टेकबहादुर बुढाका कर्णाली ग्यालरीबाट लिएका हौं'