खलंगाः भालुको आक्रमणबाट जुम्लाका तीनजना घाइते भएका छन । जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहिबार बिहान भालुले आक्रमण गर्दा तीनजना घाइते भएका हुन ।
चन्दननाथ नगरपालिका– ५ कार्किवाडामा बिहान ४ बजेको समयमा धारामा नुहाने गएका दुई जनालाई आक्रमण गरेको हो । खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया थापालाई घाइते बनाएको थियो ।
त्यस लगत्तै साढे नौ बजेको समयममा चन्दननाथ नगरपालिका – ४ वडाका २५ वर्षका आषिस सार्कीलाई समेत आक्रमण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
चन्दननाथ नगरपालिका ५ कार्किवाडमा वनक्षेत्रबाट बिहिबार हिमाली कालो प्रजातिको कालो भालु एक्कासी बजार देखिएको थियो । भालु बजार पस्न बित्तिकै सबै नागरिक त्रसित बनेका थिए ।
एकआपसमा हल्लीखल्ली हुन थाल्यो । भालुले त्यो बिहान तीन जनामाथि आक्रमण गर्यो । भालु बजार पसेको खबर पाउने बित्तिकै जिल्ला प्रशासान ,प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोलीसहित भालुलाई जंगलतिर लखेट्न खटिएको थियो ।
टोलीले जंगलसम्म लखेट्दा पनि भालुले सुरक्षा कर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको हो । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री भन्छन्, ‘सुरक्षितस्थल तिर लखेट्न खोज्दा समेत भालु गाउँ पसेर आतंक मचाउन थाल्यो । अन्तत गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखियो । गाउँमा कोलाहल मच्चियो । भालुदेखि सुरक्षित हुन निकै कठिन बन्यो ।
गाउँले एकै ठाउँमा जम्मा भएर भालु भगाउने उपाय अपनाउन थाले । तर तर भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन् । झन भालुले गाउँमै बसेर मानवीय क्षेति गर्ने संकेत देखियो। भालु बहुँला प्रकृतिको, हिंस्रक ९म्यान इटर ० प्रकारको थियो ’ ।
‘सुरक्षित स्थल तिर पठाउने अधिकतम पहल भएको थियो । यसबीच भालु जंगलतिर जान मानेन् । गाउँमा पसेर हिंस्रक क्रियाकलाप गर्न थाल्यो। भालु आतंकले गाउँ नै त्रसित बन्यो। सात घण्टाको तनावपछि भालुलाई गोलि हान्न बाध्य भएका हौं’ प्रमुख खत्रीले भने ।
भालुले गाउँ नछोड्ने संकेत देखिएपछि गाउँलेले भालु मारिदिन स्थानीय प्रहरी प्रशासनलाई गुहारे । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा (१०) को (ख) बमोजिम गोली हानेर भालु मार्ने आदेश दिइएको बताइन् ।
ऐनको उफा दफा (१०) को (ख) मा ‘कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर आई, मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने बन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने छ’ भन्ने उल्लेख छ।
शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना डिभिजन वन कार्यालयको सक्रियतामा मरेको भालुलाई डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ । भालुको लम्बाई ५ फिट,चौडाइ ३ फिट थियो । भालुको तौल दुइ क्विन्टल थियो । भालु वन कार्यालय भित्रको कम्पाउण्डमा १० फिट गहिरो खाल्डो खनेर गाडिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रसाइ, सशस्त्र प्रहरीका एसएसपी गगन श्रेष्ठ , डीएसपी दान बहादुर थापा, बाहिनीपति रबिन थापा पत्रकारहरुको रोहवरमा खाल्डोमा गाडिएकोे छ।
दश पोका नुन भालुको शरीरमा छरिएको छ। डिभिजन प्रमुख खत्री भन्छन्,‘ जुम्लामा रातो र कालो भालु पाउँछ तर पछिल्लो समयमा रातो भालु देखिएको छैन्। कालु भालुको विगविगी नै छ। निश्चित भालुको गणना भने गरिएको छैन्।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/232673569_1778657642477548_8939909409554373721_n.jpg?_nc_cat=110&ccb=1-4&_nc_sid=ae9488&_nc_ohc=03QZaBOR_c4AX-zKklp&_nc_ht=scontent.fktm3-1.fna&oh=f72a64dad4d17cd9e32bcfc793ab4db6&oe=613A9347)
त्यो भालु तीव्र जनसंख्या वृद्धि या जंगल बिनासका कारण गाउँमा आहाराको लागि झरेको हुन सक्ने अनुमान गरिएको छ। यो भालुले फलफुल बढी रुचाउँछ। यो समय मकै, स्याउ र विभिन्न फलफुल उत्पादन हुने समय भएकोले गाउँमा पसेको हुन सक्ने स्थानीय बताउँछन् ।
स्थानीयले गाउँमा पसेको भालु लखेट्न धेरै प्रयास गरेको भएपनि असफल भएको बताउँछन । पछिल्लो समयमा भालु दिनदहाडै गाउँमा पस्न थालेको छ। गाउँ वरिपरी लगाइको अन्नवाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरिरहेको छ।
यो पनि पढौं...