धर्ममा आस्था राख्नेका लागि भगवान नै सर्वशक्तिमान हुन् । ग्रह–नक्षत्र तथा देवी–देवता सबै भगवानको अधिनमा हुन्छन् । ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ । जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ ।
भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ । गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ । त्यसोत भाग्यमा कर्म (काम)को पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन । तपाइको भाग्य चम्काउनका साथसाथै तपाइको फलिफाप पनि हुनेछ l आउनुहोस् चर्चा गरौँ भाग्य चम्काउने तरिकाबारे l
सडकभन्दा अग्लो जमिन :
यो कुरामा ध्यान दिनुहोस् कि घर बनाउनका लागि जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक सङ्कट आउन सक्छ ।
झ्याल ढोकाको सफाइ :
सधैँ आफ्नो घरको ढोका र झ्याललाई सफा राख्नुहोस् l किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा पनि बाधा पुग्ने गर्छ ।
प्याजी रङ्ग :
यदि तपाईँ आफ्नो घरमा प्याजी रङ्ग लगाउनु हुन्छ भने यसले तपाइको धन आकर्षण गर्छ l र सोही रंगका बोटबिरुवाहरू घरमा रोपेमा तपाईँलाई धनको कमी कहिले हुने छैन ।
दक्षिण पश्चिममा अग्ला रुख
यदि तपाईँ आफ्नो घरमा ल्याउन चाहनुहुन्छ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुहोस् । जसलाई लगाउनाले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा सङ्कटलाई पनि ढिम्किन दिँदैनन् ।
घरको बिच भाग खालि राख्ने :
घरको बिचको भाग सधैँ खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्म स्थान मानिन्छ ।
मुख्यद्वारको सजावट :
यदि तपाईँ स्वयंको घरमा समृद्धि ल्याउन चाहनुहुन्छ भने घरको मुख्यद्वारलाई राम्ररी सजाउनुहोस् । जसले गर्दा तपाइको घर आकर्षण देखिनेछ l
घरलाई भाग्यवर्धक बनाउनुहोस्
-वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् ।
– घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् ।
– घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् ।
– घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् ।
– घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी (जल) राख्ने स्थान बनाउनुहोस् ।
– ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् ।
– विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् ।
– राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् ।
भाग्यवर्धक वस्तुको प्रयोग गर्नुहोस्
– रुद्राक्ष
– शंख
– घन्टी (घण्टा)
– स्वस्तिक चिह्न
– ऊँ को लकेट
– कलश
– गंगाजल
– डोरो (नाडीमा बाँध्ने धागो)
– कमलको फूल, तुलसी, रुद्राक्ष आदि
भाग्यवर्धक बोट–विरुवा
– केरा
– तुलसी
– मनी प्लान्ट
– अनार
– पीपल–बर
– आँप
– जामफल
– कड़ी पत्ता
– चम्पा चमेली