काठमाडौ । कोरोना भाइरसबाट संसारभर १ लाख ३४ हजार भन्दा धेरैको ज्यान गएको छ । झण्डै २१ लाख मानिस संक्रमित छन । सबैभन्दा धेरै अमेरिकामा ३० हजार मानिसको ज्यान गएको छ । ६ लाख ४४ हजार भन्दा धेरै संक्रमित छन ।
यस्तै इटालीमा २१ हजारको मृत्यु भएको छ । १ लाख ६५ हजार संक्रमित छन । स्पेनमा कोरोनाले १८ हजारको ज्यान गएको छ भने १ लाख ८० हजारभन्दा धेरै संक्रमित छन । फ्रान्समा १७ हजारको ज्यान जाँदा बेलायतमा १२ हजार मानिसले संसार छाडेका छन ।
फ्रान्समा १ लाख ४७ हजार, जर्मनीमा १ लाख ३४ हजार र बेलायतमा झण्डै १ लाख मानिस संक्रमित छन । बेलायत, जर्मनी र फ्रान्समध्ये जर्मनीले कोरोनाबाट मृत्यु हुनेको संख्या निकै सजगताका साथ रोकेको छ । जर्मनीमा अहिलेसम्म ३ हजारले मात्रै ज्यान गुमाएका छन ।
यस्तै इरानमा ४ हजार ७ सय, बेल्जियममा ४ हजार ४ सय, नेदरल्याण्ड्मा ३ हजार १ सय जनाको मृत्यु भएको छ । चीनमा ३ हजार ३ सय जनाको मृत्यु हुँदा ८२ हजार मानिस संक्रमित छन । इरानमा ७६ हजार, टर्कीमा ६९ हजार, बेल्जियममा ३३ हजार, ब्राजिल, क्यानडा र नेदरल्याण्ड्मा समान २८ हजार मानिस संक्रमित छन
यस्तै दक्षिण एसियामा भारतमा ४ सय २२ जनाको मृत्यु भएको छ । १२ हजार बढी संक्रमित छन । पाकिस्तानमा १ सय २४ जनाको ज्यान जाँदा ६ हजार ५ सय भन्दा धेरै संक्रमित छन । नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ ।
*सच्याइएको छ -सम्पादक