केही भावनाहरू नकारात्मक विचारहरूसँग सम्बन्धित हुन्छन् । जस्तै क्रोध, निराशा आदिले दिमागमा बास बस्न थालेपछि यसलाई हटाउन मुस्किल हुने गर्छ ।
जसरी विचारहरू दबाइन्छन् त्यसैगरी उनीहरूको दिमागलाई नकारात्मक भावले घेरा हाल्न थाल्छ । त्यसकारण सकेसम्म दिमागमा सबै सकारात्मक विचारहरूलाई मात्रै प्रवेश दिनुपर्छ ।
जसरी उज्यालो अँध्यारोमा परिणत हुन्छ, अन्धकार स्वत: अदृश्य हुन्छ, त्यस्तै सकारात्मक विचारहरूले नकारात्मक विचारहरू हटाउन सुरू गरौं ।
सकारात्मक विचारहरू विकास गर्न, व्यक्तिले बुद्धि र जीवनको बारेमा सकारात्मक भएर सोच्न थाल्नुपर्छ । आध्यात्मिक पठनले सकारात्मक सञ्चालको लागि धेरै मद्दत गर्छ।
नकारात्मक सोचलाई सकारात्मकतामा बदल्न सिक्नुहोस्
नकारात्मक सोचलाई सकारात्मक बनाउनको लागि सबैभन्दा पहिले आफूभित्र रहेको सकारात्मक पक्षलाई ध्यान दिनुहोस् । तपाईंले गरेको साना साना भए पनि प्रगतिलाई ठूलो बनाएर सोच्नुहोस् ।
हल्का आफूप्रति नै अभिमानी बन्नुहोस् र आफ्ना सकारात्मक बानीहरूलाई एक एक गरेर कोट्याउने प्रयास गर्नुहोस् । आफूलाई मन पर्ने गीत गजलहरू सुन्नुहोस् ।
यसमा पनि तपाईंले आफूलाई एक सम्पन्नशाली व्यक्तिको रूपमा सम्झनुहोस् । यसरी तपाईं जे सोच्नुहुन्छ त्यसलाई महत्वदिएर सुन्नुहोस् ।