एजेन्सी : सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ । तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन ।
प्राय: सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।
शरीरमा भएका विभिन्न किसिमका हर्मोनमा आएका परिवर्तनका कारणले कपाल झर्ने समस्या देखा पर्न थाल्छ। हिजोआज बालबालिकादेखि युवायुवती र वयष्कसम्मलाई सताउने रोग थाइराइडका कारणले पनि कपाल फुल्ने समस्या आउन सक्छ। थाइराइड रोगमा थायराक्सिन नामक हर्मनको घटबढका कारण शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन जान्छन्।
हाम्रो शरीरको रौंहरुमा मेलेनिन नामक पिगमेन्ट सेल्स पाइन्छ । यी सेल्सले कपाललाई रंग दिन्छन् । तर, समयसँगै पिगमेन्ट सेल्स हराउँदै जान्छ र कपाल सेतो हुन थाल्छ । यो सामान्य हो । तर, उमेरभन्दा अगाडि कपाल फुल्नुका केही अन्य कारणहरु हुन्छन् ।
सेतो कपाल देखिने उमेर र कारण
कपालको विकासका लागि तरल पदार्थको सेवन
कपालको विकासका लागि शरीरमा अत्यधिक तरल पदार्थको आवश्यकता हुन्छ । के पिइन्छ र कति पिउने गरिएको छ भन्ने कुराले कपालमा असर पर्छ । कफि, चिया, रक्सी अधिक पिउँदा कपालको विकास रोकिन सक्छ र कम उमेरमा नै कपाल फुल्न सक्छ ।
हार्मोन्स
अपालको पिगमेन्टसँग हार्मोन्सको निकै महत्वपूर्ण सम्वन्ध हुन्छ । हार्मोन्स असन्तुलनका कारण कपाल सेतो हुन सक्छ ।
रसायन
कहिलेकाहीँ सेम्पु, साबुन, डाइज आदिको उपयोगले गर्दा पनि कपाल सेतो हुन सक्छ किनभने यिनीहरुमा केमिकलको प्रयोग गरिएको हुन्छ ।
वंशाणुगत कारण
यो एउटा प्रमुख कारक हो । कुन उमेरमा कपालले पिगमेन्ट गुमाउँछ भन्ने वंशाणुगत तत्वले निर्धारण गर्छ । केही व्यक्तिहरुको २० वर्ष नहुँदै पिगमेन्ट हराउन थाल्छ र कपाल सेतो हुन्छ । यो समस्या सिधै जीनसँग जोडिएको हुन सक्छ । अर्थात्, आमा-बुवा वा हजुरबा-हजुरआमाको समयभन्दा अगाडि नै कपाल फुल्ने समस्या थियो भने यो हामीलाई पनि हुन सक्छ ।
मेलेनिनको कमी
अधिकांस घटनामा मेलेनिनको कमी हुनु नै कपाल फुल्नुको प्रमुख कारण हो । मेलेनिनको उत्पादन उचित पोषण र प्रोटिनयुक्त खुराकमा निर्भर गर्छ । यी पोषक तत्वको कमी मेलेनिनलाई स्वीकार्य स्तरबाट तल झर्ने कारण हुन्छ ।
अन्य कारण
- दीर्घरोग र औषधीको सेवन
- रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तन हुनु
- एजिङ अर्थात बढ्दो उमेर
- पेटको गडबडी
- मदिरा, धुमपान, जंक फूड आदिको सेवन
- जथाभावी रासायनिक पदार्थको प्रयोग
- प्रदूषण
- मानसिक तनाव अर्थात डिप्रेसन
- यी कारणहरु मध्ये कुनै पनि कारणबाट कपाल सेतो हुन सक्छ ।