काठमाडौं : कर्णाली सरकार कालिकोटको हातमा छ । अर्थात् सरकारको मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । उनले कालिकोटमा चुनावको बेलामा कालिकोटका गाउँ बस्तीहरुमा खुब भिजन मिसन बाँडेका थिए ।
‘बस्ती बस्तीमा सडक सञ्जाल जोडिन्छ । घरघरमा खानेपानीको धारा पुग्छन् । भएका सडकहरुको मर्मत हुन्छ । गरिब तथा विपन्नका लागि थुप्रै कार्यक्रमहरु आउँछन्’ लगायतका भिजनहरु चुनावका लागि बाँडेका थिए । अहिले उनी सत्तामा विराजमान छन् । तर ती भिजनहरु ज्युँका त्युँ रह्रे ।
कर्णाली सरकार हाक्ने पालो कालीकोटले पाएको छ । तर कालीकोटमै सडक स्तरोन्नति नहुँदा कयौंको दुर्घटनाबाट ज्यान गएको छ । त्यो हामीले झलझली आँखा अगाडि देखिरहेका छौं ।
कर्णाली राजमार्गलाई त मृत्युमार्ग समेत भन्ने गरिन्छ् । यहाँको सडक स्तरोन्नति नहुँदा जुम्ला, मुगुमा जोखिम पुर्वक सवारी साधनहर पुग्ने गरेका छन् ।
कालीकोटमा सडक मात्रै होइन् यहाँको बिकास पूर्वाधारहरु अवस्था पनि अस्तव्यस्त नै छ । यस्तै अस्तव्यस्तमा परेको छः खाडाँचक्र नगरपालिका – ४ का बर्दीगाउँ र चिउँरेलामा भएको सडक । उक्त गाउँमा गोरेटोबाटो जस्तै सडक बनेको छ । हिउँद लागे फाट्टफुट्ट गाडिहरु चल्ने गरेको छ । बर्खा लाग्यो गोरेटोबाटो भन्दा अप्ठेरो हुने गरेको छ ।
उ बेला । चुनाव थियो । बर्दीगाउँ र चिउँरेलाबासीले सोचेका थिए, ‘जीवन यापनसँगै हाम्रो गाउँ बिकास समानान्तर गतिमा अघि बढ्ने छ । घर घरमा बाटोघाटो पुग्नेछ । ’ त्यो केबल सोचमा मात्रै सीमीत हुन पुगेको छ ।
उक्त गाउँमा विकास नहुँनुको मुख्य कारण के हो ? कारक को बनेको छ ? प्रश्नहरु थलोमै सीमीत हुन्छन् । मुख्यमन्त्री मन्त्रीहरु कुर्सीमै सीमीत छन् । बर्दीगाउँ र चिउँरेलाको सडक स्तरोन्नति गर्ने गाडि चलाउने पाउने सपना ज्युँका त्युँ बन्न पुगेका छन् ।
चाँदोमा नाम्लो हटाउने त्यो सपना !
....बर्दीगाउँ र चिउँरेलाबासीहरु सदरमुकाम मान्मबाट पिठ्युँमा चामल बोक्दै आएका छन् । घर नजिके सडक पुगेको छ । तर गाडि चल्दैन् । त्यसैले घण्टौँ हिँडेर मान्म पुगेर खाद्य तथा पूर्वाधारका सामग्रीहरु बोकेरै ल्याउने गरेका छन् ।
सडक सञ्चालनमा आएपछि टाउको र पिठ्युँमा भारी बोक्ने कष्टपुर्ण दुःखका दिन सकिन्छन् कि भन्ने सोचेको वेद प्रशाद आचार्य बताउँछन् । आचार्यले मात्रै होइनन् बर्दीगाउ चिउँरेलाबासीले यही सोचेका थिए । तर यो सोचमा मात्रै सीमीत भएको छ । गाउँको सडक अस्तव्यस्त नै बन्यो ।
कालीकोटको सदरमुकाम मान्ममा पहिलो पटक गाडि पुग्दा त्यहाँका स्थानीयहरुमा छुट्टै खाल्को खुसी भएका थिए । जुन व्यक्त गर्न सकिँदैन् । सबैको मनमा कौतुहल बनेको थियो । यो के हो ? कसरी आयो ? कहाँबाट आयो ? मान्छेहरु जम्मा भएर फुलमाला टिका लगाएर गाडिलाई भित्र्याएका थिए ।
एक दशकअघि जस्तै गाउँमा डोजर, बोलेरो, ट्रयाक्टर चलेको बेला अहिले पनि हेर्नेको घुइँचो लाग्ने गरेको छ । आज भन्दा १२ वर्षअघि गाडि आउँदा त्यो रनक छाएको जिल्लामा अहिले सडक चौतर्फी भत्किने गरेको छ । त्यसको मर्मतमा ढिलाई भइरहेको छ । केही ठाउँमा मर्मत पनि भइरहेको छ ।
सदरमुकाम मान्म भन्दा करिब दुई किलोमिटर ताडीस्थितबाट बर्दीगाउँसम्म सडक ल्याउन १० देखि १२ किलोमिटर छ । त्यसका लागि करिब एक करोड भन्दा बढी बजेट लागि खर्च भइसकेको पूर्वाधार कार्यालयले जनाएको । तर त्यो सडक हो कि गोरेटो ? थाहा हुँदैन ।
नेताहरुले २०७४ सालको चुनावी मुख्य एजेण्डा गाउँमा सडकको विस्तार, विद्युत, इन्टरनेटको व्यवस्था बताएका थिए । तर अहिले कालीकोटका धेरै नेताहरु सत्तामा विराजमान छन् । गाउँमा फर्केर समेत हेर्ने मौका छैन ।
सडक बनाउने जिम्मा पाएका मन्त्रीदेखि सांसदका आसेपासेहरु बने । विडम्बना बस्तीको समस्या बस्तीमै रह्रो । सडकको समस्या सडकमै रह्रो । परिवर्तनको नाममा केही नेताहर मोटाए ।
कालीकोटका स्थानीय भन्छन् ‘भ्रष्ट नेता र कार्यकर्ता भ्रष्टमा नलागेको भए कालीकोटको विकास उहिले हुन्थ्यो । अहिले कष्टपुर्ण पिट्युँमा भारी बोक्ने दिनहरु आउँदैन्थे । ’ ।