शुभ प्रभात.....
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ...
- अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो....
- मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा ....
- आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा भने खर्च बढ्नेछ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो ....
- धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे ....
- आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो....
- बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते....
- शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु....
- हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे....
- मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।
मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि....
- जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वैदेशिक कार्य भने अघि बढ्नेछ ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा....
- आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहने देखिन्छ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि....
- आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
'तपाईको राशिफलमा जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् - कर्णालीखबर'