काठमाडौ । विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २२ लाख नाघेको छ । मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर २२ लाख २२ हजार बढी मानिस संक्रमित भएका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन ।
कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा ३६ हजार मानिसको ज्यान गएको छ भने ६ लाख ९० हजार मानिस संक्रमित छन । यस्तै इटालीमा २२ हजार मानिसले ज्यान गुमाउँदा १ लाख ६८ हजार बढी संक्रमित छन ।
स्पेनमा अहिलेसम्म कोरोनाका कारण १९ हजारले ज्यान गुमाउँदा १ लाख ८४ हजार संक्रमित छन । यस्तै फ्रान्समा १८ हजारको ज्यान गएको छ । १ लाख ६५ हजार संक्रमित छन । बेलायतमा १४ हजार र बेल्जियममा ५ हजार बढीको मृत्यु भएको छ । यी दुई देशमध्ये बेलायतमा १ लाख ८ हजार संक्रमित हुँदा बेल्जियममा संक्रमितको संख्या ३६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांकअनुसार जर्मनीमा कोरोना परीक्षण निकै तिब्र छ । तर त्यहाँ कोरोनाबाट जोगिनका लागि जर्मनी सरकारले निकै कडाई साथ स्वास्थ्य सेवा चुस्त पारेको छ । १ लाख ३८ हजार संक्रमित हूँदा जर्मनीमा अहिलेसम्म ४ हजारको मात्रै ज्यान गएको छ ।
यो युरोपकै प्रतिष्ठित देश बेलायत, इटाली, स्पेन, फ्रान्स र अमेरिकाभन्दा निकै न्युन हो । र जर्मनी सरकारका लागि सफलता पनि । दक्षिण एसियामा भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १३ हजार ८ सय ३५ पुगेको छ । कोरोनाले भारतमा मृत्यु हुनेको संख्या ४ सय ५२ पुगेको छ ।
यस्तै पाकिस्तानमा १ सय ३५ जनाको मृत्यु हुँदा ७ हजारभन्दा बढी संक्रमित छन । नेपालमा शुक्रबार एकैदिन १४ जना नयाँ संक्रमित फेला परेका छन । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३० पुगेको छ । यसमध्ये २९ जनाको उपचार चल्दै छ भने एक जना सञ्चो भएर घर फर्किसकेका छन ।