सिमकोट : हुम्लाका सात वटै गाउँपालिका र जिल्ला अस्पतालमा कोरोना संक्रमित संख्या निक्कै ओरालो देखिएको छ । सबैतिर परिक्षणको दायरा घट्दो क्रममा रहँदा संख्या चार सय नजिक पुग्दा सक्रिय संक्रमित संख्या भने न्यून देखिएको हो ।
स्वास्थ्य सेवा कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार जिल्ला भरि कोरोनाको दोस्रो लहर चले यता ३९५ जना संक्रमित देखिएका छन् । यो संख्या दुई हजार २६२ जनाको कोरोना परिक्षण गर्दा देखिएको हो ।
कुल संक्रमित मध्य १५२ जना महिला र २४३ जना पुरुष रहेका छन् । यस मध्य हालसम्म ३८५ जनाले कोरोना जितेर घर फिर्ता भएका छन् । यसरी कोरोना जित्नेको संख्या हुम्लामा ९७ दशमलव ९६ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेशन र आइसोलेशनमा गरी छ जना मात्र सक्रिय संक्रमित रहदै आएका छन् । बिहीबार जिल्ला अस्पतालमा परिक्षण गर्दा दुई जनामा संक्रमण देखिएको हो । सक्रिय रहेका मध्य दुई जना खार्पुनाथ गाउँपालिकाको होम आइसोलेशन र चार जना रानीबनस्थि आइसोलेशनमा रहदै आएका छन् ।
हालसम्म नाम्खा, सिमकोट, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिका कोरोना संक्रमणमुक्त भएको कार्यालयका सुचना अधिकारी भक्ति फडेराले बताए ।
गत जेठ २० गतेयता जिल्ला भरि कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । यसरी कोरोना संक्रमण दर घट्नुमा मुख्य गरि सबै तिर परिक्षणको दायरा घट्नु रहेको विश्लेषण गरिएको छ ।
गाउँ गाउँमा परिक्षणको लागि प्रयास गर्दा पनि परिक्षणै गर्न नमान्नेको संख्या पनि ठुलै भएको स्वास्थ्यकर्मीहरुले गुनासो सुनाउँदै आएका छन् । क