जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई साढे ६ लाख रुपैयाँको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोना भाइरसको तेस्रो लहर सूरु भइरहेको बेला लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा कोभिड प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
एन नाइन्टी फाइभ मास्क १५० पीस, सर्जिकल मास्क २ हजार पिस, सेनिटाइजर ५०० एमएल, फेस शिल्ड २ सय पीस, ग्लोव्स २ हजार पीस, पुनः प्रयोग गर्न मिल्ने गावन १ सय पीस, फुल पीपीइ सेट १ सय, आइआर थर्मोमिटर ५, स्प्रे ट्यांक १, हेण्डवास लिक्विड २०, हाइजीन किट १०, डिग्निटी किट ५, र प्यासेन्ट वेड सिट १० पीस, लगायतका स्वास्थ्य सामग्री पेस नेपाल जुम्लाले जनाएको छ ।
पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ लाख ४८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । उनले भने, ‘कोभिड १९ महामारीका रुपमा अघि बढेको छ । यसको नियन्त्रण र रोकथाम अहिलेको अपरिहार्य आवश्यकता हो । कोभिड १९ प्रतिकार्यका लागि अस्पताललाई सामाग्री प्रदान गरिएको छ । ’
पेस नेपालका सचिव मानबहादुर रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक राजिब विक्रम शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । उनले स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरि कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए ।
अस्पताल निर्देशक शाहले कोभिड संकट समाधानका लागि प्रदान गरिएको स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गर्ने बताए । उनले भने,‘संकटका बेला गरिएको यो सहयोग निकै प्रसंसनीय छ ।