'दैलेख : स्मार्ट सिटी' शिक्षा स्वास्थ्य, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचनादेखि सञ्चार र बजार अत्याधुनिकसम्म हुनुपर्छ । यो यस्तो शहर हो, जहाँ पूर्ण व्यवस्थित हुन्छ । आधुनिक शहरमा आवश्यक पर्ने सबै सेवा सुविधा स्मार्ट सिटीमा पाउँछन् । यस्तै कर्णालीको दैलेख दुल्लमा निर्माण गर्ने भनियो ।
संघीय सरकारले दैलेख दुल्लुलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको छ । उबेला जुम्ला सिँजा राज्यको हिउँदे राजधानी मानिएको दुल्लु नगरपालिका प्राकृतिक रुपमा झट्ट हेर्दा स्मार्ट सिटी जस्तै देखिन्छ । सरकारले बजेट सुनिश्चितता गर्दै दैलेखको दुल्लुसहित देशका १२ वटा ठाउँहरुमा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो ।
दिनौं खानेपानीको अभाव, घण्टौं हिँडेर स्कुल पुग्नुपर्ने, फोहोर व्यवस्थापन नभएको, यातायात सेवा बलियो नभएको दुल्लुमा स्मार्ट सिटी साच्चिकै सपनामा थियो । तर सरकारले स्मार्ट सिटी नबनाइ नछोड्ने भनेपछि दुल्लुपनि कम्तीको थिएन । कुनैबेला हिउँदे राजधानी समेत हो । त्यस्तो स्मार्ट सिटी बन्ने भएपछि दुल्लु क्षेत्रका स्थानीयहरु खुसी नहुँने कुरै भएन । खुब खुसी भए । तर त्यो खुसी खुसीमै सीमीत भयो ।
बेलाबेला दुल्लुका स्थानीयहरु सडकदेखि अन्य सेवाहरुबाट सास्ती खेप्नु परेको सबैका आखाले देखिरहेका छन् । नेतादेखि कार्यकर्तासम्मका । कतै सडक निर्माणको काम अलपत्र परेको छ ।
कतै सडक स्तरोन्नतिमा नगरपालिकाले चाँसो दिएको छैन् । सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकदेखि पटांगिनी दुल्लु संग्रहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडक अस्त व्यस्त बनेको छ ।
यस्तो छ जहाँ खाल्डैखाल्डोको स्मार्ट सिटी भित्र पर्ने गरेको छ । त्यसमा पनि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको स्मार्ट सिटीले दुल्लुका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । बाटोघाटो सुधारसँगै अन्य निर्माण गर्ने जनप्रतिनिधिका त कुरै नगरौं उनीहरु त कुराले नै देश प्रदेश गाउँ नगर खाएका हुन् ।
अन्य सम्बन्धित निकायहरु मौन नहुँने कुरा नै भएन । यस्तो स्मार्ट सिटीमा जनप्रतिनिधिका महँगो कारहरु धुलाम्मे हुन पुग्छन् । सडकसँगै खानेपानीदेखि बजार व्यवस्थापनको अवस्था पनि उस्तै हो । जताततै अस्तव्यस्त छन् । तर दैलेखी नेताहरु भने ‘स्मार्ट सिटी बनाउने नाममा राख्न सफल भयौं’ भन्दै नारा बेच्न लागेको वषौं भयो ।
स्मार्ट सिटीका धार्मिक स्थल ओझेलमा
‘स्मार्ट सिटी’ बन्ने चर्चा एकातिर छ । अर्कातिर प्रचार प्रसार र पूर्वाधार निर्माण नहुँदा दुल्लु क्षेत्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् । सम्पदा छन् । विडम्बना संरक्षण छैन । ओझेलमा परेको एक हो दुल्लुको किर्तिखम्ब अहिले गाईगोरु र बाख्रा बाँध्ने थलो बन्दै गएको छ । नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब (कीर्तीस्तम्भ) दुल्लुबासीको मात्र नभएर नेपाली बासीहरुको गहनाका रपमा लिने गरेका छन् । तर संरक्षणमा स्थानीय सरकार बेखबर बन्न पुगेको छ ।
संरक्षणको लागि लाखौं रकम खर्च भयो । तर त्यो बालुवामा पानी खन्याएझैं भयो । स्थानीयले पनि यसको महत्व बुझ्न सकेनन् । यसलाई संरक्षण गर्न पनि सकैको ध्यान नगएको स्थानीय बताउँछन् ।
स्थानीय त घर आँगनमा यति ठुलो महत्वको बस्तु हुनुमा गर्व गर्नुपर्ने हो । तर महत्व बुझ्न नसक्दा यसको अस्तित्व मेटाउन लागि रहेका छन् । गाईवस्तु चराउने , फोहोर फाल्ने, लुगा सुकाउने जस्ता काममा प्रयोग भइरहेको छ । दुल्लुको किर्तिखम्ब । दुल्लु नगरपालिकाका केही अभियन्ताबाट घेराबारसम्म भएको थियो । तर स्थानीयबाट दुर्गन्धित बन्न पुगेको छ । कीर्तिखम्ब परिसरमा नेपाली भाषाका लिपी भएका खम्बाहरु गाईगोरु र बाख्राका बाँध्ने किला बन्न पुगेका छन् ।
अस्तव्यस्त अतिथि कक्ष
दुल्लुको कार्यक्रम स्थल अतिथि कक्ष पटांगिनिको मञ्च अव्यवस्थित छ । झट्ट हेर्दा कार्यक्रम स्थल नभइ फोहोर जम्मा गर्ने ठाउँ जस्तो देखिन्छ । यसको संरक्षण गर्न पनि कोही कसैले वास्ता नगरेको जानकार बताउँछन् ।
यस्तै दुल्लु संग्रहालय बाटोका कारण अव्यवस्थित छ । दुल्लु क्षेत्रको गहनाको रुपमा रहेको यो संग्रहालय अवलोकन गर्न पनि उस्तै सास्ती खेप्नु परेको छ ।
दुल्लु दरबार
उहिले जुम्ला सिंजा राज्यका राजाको हिउँदे राजधानी रुपमा चिनिएको दैलेखको दुल्लु दरबार जीर्ण बन्दै गएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुनर्निर्माण भएको छैन ।
२०६० वैशाख ८ गते तत्कालिन विद्रोही माओवादीले दरबारमा बम पड्काएर पुरै दरबार ध्वस्त बनाएकोथियो । तीनवटा भर्याङ, ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो ।
नेपाल एकिकरण अभियान पूर्व बाइसे, चौबीसे राज्यहरु रहँदा अहिलेको दैलेख गोर्खा राज्यपछिको शक्तिशाली राज्य मानिन्थ्यो । कर्णाली प्रदेश मात्र नभइ देशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको दैलेख र यहाँको पुरानो सदरमुकाम मानिने दुल्लू एउटा अतिनै सुन्दर र चर्चित भएपनि यसको वेवास्था स्थानीय सकार गरेको छ ।
तत्कालिन सिंजा राज्यका चल्ल राजाहरु जो पछि मल्ल भनिए उनीहरुको शितकालीन राज्यको रुपबाट विकशित उक्त राज्यको पुर्वी सिमा गण्डकी सम्म थियो भन्ने ईतिहास भेटिन्छ । उक्त राज्यको अन्तिम राजा स्व.जंगबहादुर शाह थिए । भनिन्छ, दुल्लू राज्यको तिरोभरो अहिलेको अफगानिस्थानसम्म उठाउने चलन थियो ।
ओझेलमा ललाट ज्वाला
पञ्चकोशी क्षेत्रभित्र पर्ने विभिन्न महत्वपूर्ण मन्दिर मध्ये सबैभन्दा धेरै पाचँ वटा ज्वाला एकै स्थानमा बल्ने मन्दिर अहिले जीर्ण अवस्थामा छ । दुल्लु नगरपालिका १० मा रहेको यो मन्दिर ढुङ्गैढुङ्गाले बनेको छ । ललाटेश्वर महादेवको यो मन्दिर भित्र पाँच वटै ज्वाला बल्ने गर्दथ्ये । अहिले सानो ओडारमा ३ वटा ज्वाला बलेको देख्न् सकिन्छ् ।
श्रीस्थानबाट यो स्थानमा पुग्न पाँच सय मिटर दक्षिणमा हिड्नुपर्छ । आकर्षक ढुङ्गै ढुङ्गाले बनेको ललाटेश्वर महादेवको यो मन्दिर रहेको जग्गा कुनै व्यक्तिको नाममा छ । भित्र निकै कलात्मक दृश्य देख्न सकिन्छ् । मन्दिरको आडमा बिभिन्न बोट बिरुवा उम्रेको देख्न सकिन्छ् । मन्दिर भित्रको ढुङ्गाको चारवटा खम्बा मध्ये तीन वटा भत्किसकेका छन् । एउटा खम्बा ढल्ने बितिकै यो मन्दिरलाई नै क्षति पुग्ने देखिन्छ ।