कर्णाली प्राकृतिक स्रोत र पर्यटकीय क्षेत्रमा धनी प्रदेश हो । कर्णालीको सुन्दरताको बारेमा हामीहरुले वर्णन गर्न सक्दैनौँ । जब तपाई कर्णाली पुग्नु हुन्छ नि, जीवनको एक छुटै खालको आनन्द आउँछ ।
आखिर जीवन के हो ? कर्णालीको सुन्दरता र यसको रहस्य के छ ? यसमा के छ जादु ? जब कर्णालीको चिसो पानी खानु हुन्छ अनि तपाईलाई लाग्छ कि सागर मन्थनबाट उत्पन भएको अमृत खाएको आनन्द आउँछ । जीवनमा एक चोटी कर्णालीको सुन्दरतालाइ नजिक बाट निल्यालेर हेर्ने लाई यसको वास्तविकता कर्णाली के रहेछ भनेर ? अनि थाहा हुन्छ कि यहाँ के छैन् भनेर यहाँ हिरा, सुन, चाँदी भण्डार छ भनेर । तपाई जे पनि फलाउन सक्ने वातावरण कर्णालीमा छ ।
यहाँको सुन्दरता र यहाँ रमणीय पहाड, दुई डाँडा खोलाको बीचबाट कल कल खोला सुसाउदै जब खोला तिला कर्णाली पुग्छ, अनि सुरु हुन्छ कर्णाली के हो भनेर ? जुन चिज यहाँ छ । त्यो चिज संसारको कुनै पनि ठाउँमा छैन । तर यो चिज नेपालीले चिन्न सकेको छैन् । यसको महत्त्व कति छ । यसको भ्यालु अहिले कसैले गर्न सक्दैन । जब कि यहाँको सुन्दरताले सबै मान्छे मोहित हुन्छन् ।
एक भनाइ छ, मरेर स्वर्ग देखिन्छ भन्छन् । तर तपाई कर्णाली गएपछि स्वर्ग पुगे जस्तो अनुभूति हुने छ । लाग्छ यसको अघि स्वर्गको परि पनि फिक्का लाग्छ । त्यति सुन्दरताले भरिपूर्ण भएको नेपालको एक मात्र रमणीयस्थललाई मर्नुभन्दा एक चोटी सबैले यो पर्यटकीय क्षेत्र घुम्ने अवसर नगुमाउ । कर्णाली मात्र यस्तो होकी जुन फेरी फेरी सुन्दरताले बोलाउँछ । नेपाली र पर्यटकले यसको महत्वको अझै निहालेर हेर्न सकेका छैन् जति कर्णाली बासिन्दाले बुझेका छन् ।
आखिर के छ कर्णालीमा ?
कर्णालीमा सबथोक छ । तर नजर परिवर्तन हुनु आवश्यक छ । नेपालको सबैभन्दा भन्दा ठूलो तालको परिचय पाएको राराताल र फोक्सुण्डो ताल प्रमुख पर्यटकीय आकर्षण हो । तिला, हिमा नदी, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह, मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन।
राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो। आर्थिक सामाजिक तथा राजनीतिक विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको यस जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषी, पशुपालन, घरेलु उद्योग र जडीवुटी प्रमुख रहेका छन।
कालिकोट !
भदौ महिनालाई देवी देउताको महिना भने गर्छन् । यो महिना सबै देवी देउताको पुजा आरधना गरेर देवतालाई खुसि पर्ने काम गर्छन । देवतालाई खुशी पार्न अनेक तरिकाले पाठपुजा गरिन्छ । कालिकोटमा सबैले मस्टो र धल्पुरो मान्ने गर्छन । धर्मप्रति यहाँका मान्छेले ठुलो आशा, भरोसा गर्छन । सबैथोक देवी देवता हुन् भने प्रचलन छ । जे काम गर्दा पनि सुभ साइत हेर्ने जल्छ, कतै जादा आफ्नो मान्ने कुल देवताको पुजा पाठ गर्नु पर्छ ।
देवी भवानीको पुजासंगै अन्य पुजाको सुरुवात गर्ने गरेको पाइन्छ । पुजा गर्नको लागि भनेर कालिकोटको सदरमुकामदेखि ४२ सय मिटरको उचाईमा रहेको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल चुलिमलिकामा भदौ पूर्णिमा धेरै ठुलो मेला हुने गर्छ । जसलाई पइठ भन्ने गरिन्छ । यससँगै अन्य देवी देउताको पैइठ अथवा मेला सुरु हुन्छन् । यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू छन् ।
यहाँ मेला मात्र नभए यसको सुन्दरताले धेरैलाई लोभ्याएको छ । नाभोक, निन्द्रा, प्याए, दुखकष्ट नभनेर दुई दिनसम्म पानीमा भिज्दै अनि व्रत बसेर उक्त देवीको पुजा गरिन्छ । पुजा गर्ने भक्तजनको त्यस्तै भीड हुन्छ । चुलिमलिकाको पुजा गरे आफूले चाहेको वर माग्दा पुरा हुने पनि विश्वास छ । समुद्री सतहदेखि ४२ सय मिटरमाथिबाट अग्ला हिमाल मन्द र सुमधुर स्वरमा चराचुरुंगीको आवाज जताततै हरियाली, ढकमक फुलेका फूलहरु पहाडको बीचको टापुमा मन्दिर हेर्दा संसार जितेको महसुस हुन्छ ।
यो धार्मिक तथा पर्यटकीय स्थल चुलिमलिकामा लगभग ३ देखि ४ जिल्लाबाट भक्तजनहरु आएको चुलिमलिका पुजारी भिम प्रसाद चौलागाई बताउँछन् । धार्मिक पर्यटन बाहेक कर्णालीमा प्राकृतिक रुपमा धेरै पर्यटनको सुन्दरता छ । जसलाई हेर्न कर्णाली पुग्नैपर्छ ।
तस्विरः सागर आचार्य