काठमाडौं : नेकपा एमाले भित्रै गुटको राजनीतिले दल फुटेको केही दिन भयो । यसको असर प्रत्यक्ष रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पर्यो । माधवकुमार नेपाललाई (एमाले पुर्व वरिष्ठ नेता ) पनि पर्यो ।
एमाले भित्र ओली र माधवको लडाइँ अहिलेदेखि होइन् उहिलेदेखि हो । अन्तमा आएर दुबैको लड्ने च्याप्टर क्लोज भयो । एमाले फुट्यो । माधवको हातमा नेकपा ( एकीकृत समाजवादी ) पर्यो । ओलीको हातमा ( नेकपा एमाले ) ।
यो लडाइँले प्रत्यक्ष अप्रत्यक्ष रुपमा एमाले सबै नेता कार्यकर्तालाई असर पुग्यो । माधवका नेताहरु ओलीको डिलमा दौडिरहेका छन् । भने, ओलीका नेताहरु माधवको डिलमा दौडिरहेका छन् । दौडिन दुबै दौडिरहेका छन् ।
कट्टर रुपमा माधव पक्षमा लागेकी बागमती प्रदेश सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्य ओलीसँग मुख्यमन्त्री पदको डिल गरेपछि माधवलाई भुइँमै पछार्नु पर्यो ।
शाक्यले मात्रै होइन् माधव समूहबाटै नवौं महाधिवेशनबाट उपाध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएका भीम रावल, युवराज ज्ञवालीले यस्तै सचिवमा निर्वाचित गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य उपमहासचिव घनश्याम भुसाल लगायतका नेताहरु एमालेमै रहेको बताएका छन् ।
यस्तै कर्णालीमा पनि माधव समुह र उनको पार्टी (एकीकृत समाजवादी)मा खुलेर लाग्ने कमै छन् । ओरालो लागेको माओवादी सरकारलाई फ्लोर क्रस गरेर जोगाइदिने माधव समूहका चार जनाः प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा, कुर्मराज शाहीसहित देवी ओली र चन्द्रबहादुर शाही मात्रै विभाजनपछि (एकीकृत समाजवादी)मा खुलेर लागेको देखिन्छ । ज्वाला, ओली र शाही एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीमा समेत रहेका छन । अन्य माधव समूह भनेर चिनिएकाहरु एमालेमै रहेको दाबी गरेका छन् ।
नवौं महाधिवेशनबाट कर्णालीमा १० जिल्लाका एमाले अध्यक्ष मध्ये ७ माधव समूहका थिए । उक्त मध्ये माधव समूहका डोल्पा जिल्ला अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ । माधव समूहकै जाजरकोट जिल्लाको अध्यक्ष करविर शाही अहिले ओली पक्षको एमालेमै रहेको बताएका छन् ।
उनीले मात्रै होइन् सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, हुम्लाका अध्यक्ष दल रावल पनि विभाजनपछि एमालेमै टाँसिएका छन् । अन्य जिल्लाका अध्यक्षले भने ठोस निर्णय लिन सकेका छैनन् ।
यद्यपी एमाले ओली पक्षमै रहने सम्भावना देखिएको छ । यस कारण एमाले फुटाएर (एकीकृत समाजवादी) दल खोलेका माधव नेपाल पक्षको भन्दा कर्णालीमा नेकपा एमाले (ओली समूह) नै बलियो देखिन्छ । तर राजनीतिमा लाजसरम भन्ने हुँदैन् पछि कुनै पदको डिल भए माधव समूह पनि बलियो बन्न सक्छ ।