काठमाडौं : खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित bn खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।
स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । शरीरलाई स्वस्थ राख्न सन्तुलित आहार जति आवश्यक छ, नियमित व्यायाम पनि उत्तिकै जरुरी छ । साथमा, खानापानको शैली र जीवन जिउने विधी पनि शरीरलाई स्वस्थ राख्न निकै जरुरी छ । किनकी यी नै यस्ता कुरा हुन् जसले शरीरलाई स्वस्थ एवं निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।
बिहानको घाममा नबस्ने
बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ। बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ।
धुम्रपान नगर्नुहोस्
हुन त धुम्रपान गर्नु नै स्वास्थ्यका लागि हानिकारक छ । जुनसुकै समयमा पनि धुम्रपान गर्नु स्वास्थ्यका लागि राम्रो होइन । तर खाना खाने वित्तिकै धुम्रपान गर्दा ज्यानै जान सक्ने सम्मको खतरा हुन्छ । साथै यसले गर्दा क्यानसरको सम्भावना धेरै गुणा बढ्न सक्छ ।
चिसो पानी
खाना खाने बित्तिकै चिसो पानी नखानुहोस् । यसले खानालाइ डाइजेस्ट हुन दिदैन् त्यसैले खाना खाने बित्तिकै मनतातो पानी खानुहोस् ।
नसुत्नुहोस्
खाना खाने बित्तिकै सुत्नाले एसिडिटीको समस्या हुन्छ । साथै पेट पनि लाग्छ त्यसैले कम्तीमा खाना खाएको आधा घन्टापछि मात्र बेडमा पल्टिनुहोस् ।स् ।
अचानक ओछ्याउनबाट एक्कासी उठ्ने
यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।
व्यायाम नगर्ने
व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्छन् । मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । त्यसकारण घरमै एक आधा घन्टाका लागि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने बानी बसाल्नु पर्छ ।
धेरै गुलियो खाने
बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ। त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ।
उठ्न वित्तिकै मोबाइल चलाउने
उठ्न वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस्।