शुभ प्रभात.....
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ...
- आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो....
- भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा ....
- आज सानो भूलका कारण अपमानित हुनु पर्ला, सचेत रहनु पर्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो ....
- मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे ....
- शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो....
- आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते....
- आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु....
- आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शेयर बजारको लगानीले पनि लाभ मिल्नेछ ।
धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे....
- आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।
मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि....
- आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा....
- आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि....
- आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
'तपाईको राशिफलमा जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् - कर्णालीखबर'