हामीले बाँचिरहेको जीवनको वास्तविक सार बारेमा सबै अनविज्ञ छौँ । आफूले जस्तो बुझेको छौँ, त्यस्तै रुपमा हामी जीवन बाँचिरहेका छौँ । आफूलाई कुनै लक्ष्य उद्धेश्यमा हामीले ढाल्न सकिरहेका छैनोँ । खाली हामी आफ्नै भोगाई जीवन ठानिरहेका छौँ ।
जीवनमा आउने हरेक पीडालाई हामीले राम्रोसँग बुझ्न सकिरहेका छैनौँ । खाली त्यसलाई तनावको विषय मात्रै बनाइरहेका छौँ । वास्तवमा त्यस्तो होइन, जीन्दगीलाई जस्तो कठिन अवस्थामा सहज रुपमा जिउन सकिन्छ । त्यसीका लागि निम्न पाँच तरिका उपाय अपनाउँदा राम्रो हुन्छ ।
१. आफूलाई यसरी बदल्न सुरु गरौँ
कुनैपनि कुराको नतिजा तुरुन्तै प्राप्त हुँदैन । हामी सानो उमेरदेखि जुन कुरामा अभ्यस्त हुँदै आयौं, त्यसलाई बदल्न पनि समय लाग्छ । धैर्यता चाहिन्छ । त्यसैले आफ्नो जिन्दगी वा जीवनशैली बदल्नका लागि पनि समय लाग्छ र यो क्रमस बद्लिनु पर्छ ।
यसको सुरुवात आफ्नो डायरी लेखनबाट गरौं । डायरी बनाएर त्यसमा लेखौं कि, के के कुरा बदल्नुछ । के कुरा त्याग्नु छ । के कुरा आर्जन गर्नुछ । सोही अनुसार प्राथमिकतामा राखेर आफुलाई परिवर्तन गरौं ।
२. नचाहिने कुरा र आनीबानी तत्काल हटाऔँ
हामी त्यस्ता अनावश्यक काममा अल्झिरहेका हुन्छौं, जो जीवनमा खास जरुरी हुँदैन । अनावश्यक लुगाफाटो, किनमेल, गफ, चियो चर्चा, चासो । यस्ता अनावश्यक कुरालाई आफ्नो जिन्दगीबाट कटौती गरौं ।
चाहे घरका भौतिक चिजबिज होस् वा आनीबानी, जुन कुरा काम लाग्दैन त्यसलाई हटाऔं ।
३. हरेक अवसरलाई सफलतामा परिणत गरौँ
हामीसँग भएका कुराहरुलाई अधिकतम उपयोग गरौं । कुनैपनि कुरा त्यतीकै नछाडौं । अन्तिम अवस्थासम्म त्यसको सदुपयोग गरौं । जस्तो लुगाफाटो नै फाटेमा, च्यातिएमा त्यसलाई सिलाएर लगाउन सकन्छ ।
भाँडावर्तन टुटफुट भएमा त्यसलाई गमला वा अन्य बस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसरी कुनैपनि कुरालाई अन्तिम अवस्थासम्म सदुपयोग गरौं ।
४. खर्च घटाउने र बचत बढाउने
हामीलाई जे देख्यो किन्न मन लाग्छ । हामीले जीवनमा यस्ता थुपै कुरा खरिद गर्छौं, जसले खास फाइदा गर्दैन । वा हाम्रो जीवनमा त्यस्ता कुरा खासै प्रयोगमा आउँदैनन् । यसरी अनावश्यक कुराहरु खरिद नगरौं । जुन कुरा आवश्यक र महत्वपूर्ण छ त्यसलाई मात्र खरिद गरौं । जति धेरै व्यायभार घट्छ, उत्तिनै जीवन सहज हुन्छ ।
५. हरेक मिनेटलाई सही काममा लगाऔँ
हामी प्राय धपेडीमा हुन्छौं । हाम्रो दैनिकी नै अस्तव्यस्त हुन्छ । खासमा हामी आफ्नो जिन्दगीका लागि पनि कुशल व्यवस्थापक हुन जरुरी छ । हामीले आफ्नो लुगाफाटो, सरसामनदेखि समयसम्मको उचित व्यवस्थापन गर्नुपर्छ ।