जुम्ला : दश महिनाको बच्चा अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई शनिबार सुर्खेत प्रहरीले पक्राउ गर्यो । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका– ३ जुम्लाका २५ वर्षीय दानबहादुर रोकाय हुन् । शनिबार दिउँसो २ः ३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतले एयरपोर्ट चोकबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेका अभियुक्त रोकायले बच्चा आफूले लिएको स्वीकार गरिसकेको बताए । शाहीले, ‘ बच्चा अपहरण गरेर अपरिचित मान्छेलाई दिएकोले अहिले आफूसँग नभएको बयान रोकायले दिएको’ बताए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार पीडित परिवारले भदौ ३ गते रातिदेखि बच्चा हराएको भनेर निवदेन दिएको बताए । उनले, ‘घटना निकै गम्भिर र संवेदनशील’ रहेको बताए । ‘अनुसन्धानको क्रममा भएकोले अहिले नै यो हो भन्न् नसकिने थापाले बताए । ‘हामीले विभिन्न दृष्टिकोणबाट यसको अनुसन्धान गरिरहेका छौं’, उनले थपे ।
बच्चा अपहरण गर्ने यस्तो डिजाइन
अपहरित बच्चा अभियुक्तको अवैध सम्पर्क कारण सोही वडाकै १९ वर्षीय किशोरीबाट जन्मेको थियो । रोकायले अवैध सम्बन्ध राख्दाको समयमा युवती १८ वर्षको रहेको बताइएको छ । किशोरीले उक्त बच्चालाई गत वर्ष कार्तिक महिनामा जन्म दिएकी थियन् । यस वर्ष राहदेव मावि मोफ्ला जुम्लामा माध्यमिक शिक्षा परीक्षा दिएकी किशोरी अहिले १९ वर्षको भएको बाबु शक्तिबहादुर कठायतकाले बताए ।
‘यहीँ भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको समयमा राति ९ः०० बजेतिर पक्राउ पर्ने रोकाया आएर मलाई मलाई तिमीलाई तिम्रो आमालेले बोलाएकी छन् । 'आमाले मलाई किन बोलाउनु भयो होला, भनेर हतपत बच्चा मसँग नआएपछि त्यहीँ छोडेर हिँडे’ किशोरीले भनिन्, पछि आमाले नातीलाई किन छोडेर आएको भनेपछि म तत्काल पसलल पुग्दा बच्चा थिएन, त्यसपछि प्रहरीलाई जानकारी दिएका हौँ ’ ।
अभियुक्त रोकायले नाटकीय ढंगबाट दश महिनाको बच्चा अपहरण गरेको पीडित किशोरीले आरोप छ । किशोरीका बाबु शक्तिले ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु, भनेर जबरजस्ती सम्बन्ध राखेका कारण बच्चा जन्मेको र सिधासादा देखेर जहाँबाट भएपनि दमन गर्न खोजिएको छ ’ भने ।
पीडितका अनुसार बच्चा जन्मिएपछि जबरजस्ती मिलाउन दबाब दिइरहेका थिए । धम्की त्रास जहिले पनि हुन्थ्यो । ‘ बच्चालाई अपहरण गरेर बेपत्ता पार्नेलाई सरकारले कडा कारबाही गर्नुपर्ने छ’ किशोरीले भनिन् । पक्राउ परेका अपहरणकारीलाई थप अनुसन्धानका लागि आइतबार जुम्ला पठाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।