कर्णाली ः यतिबेला जताततै महामारीले सताइरहेको छ । दिनौं महामारीबाट मृत्यु भइरहेको छ । हजारौं आइसोलेशनमा छन् । संक्रमण दर पनि दिनौं बढिरहेको छ । हजारौं मृत्युको मुखमा छन् । तर कर्णाली सरकार भने यसको जात्रा हेरेर बसिरहेको छन् ।
साउन ३२ गते कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ की २८ वर्षीय महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका–३ का ४५ वर्षका एक जना पुरूषको मृत्यु भयो । कर्णालीका विभिन्न जिल्लाहरुमा अस्पताल ल्याउँदै गर्दा बाटोमै धेरैको मृत्यु भइरहेको छ ।
महामारीको जोखिममा कर्णाली पनि बाँकी छैन् । बढ्दै गएको छ । तर यसलाई रोकथाम गर्न कर्णाली सरकारले लापरबाही गरिरहेको छ । दिनौं विदेशमा रहेका नेपालीहरुले पठाएको स्वास्थ्य सामग्री बुझ्ने उनीहरुलाई धन्यवाद दिने तर कर्णाली सरकारले ठोस निर्णय नलिने गरेको अधिकारकर्मीहरु बताउँछन् ।
‘सत्ता र भत्ता बचाउन दिनौं मुख्यमन्त्री मन्त्रीहरु बैठकमा लागिरहेका छ्न् । तर जनताको ज्यानमाथि लाप्रबाही किन ?’ स्थानीयको गुनासो । दशै जिल्लाका अस्पतालमा स्वास्थ्य सामग्री अभाव भइरहेको छ । त्यसको परिपुर्तीमा कर्णाली सरकारको ध्यान शून्य बनेको छ । अभावै अभावको जात्रा हेरेर बसिरहेको छ ।
हुम्लाको चंखेली गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारमा समस्या हुन थालेको महिनौं बित्यो । श्रीमष्ठा स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको व्यवस्था नभएपछि एकातिर बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । अर्कोतिर सिमित भएका स्वास्थ्यकर्मीलाई पनि सबै काम आफैले गर्नु पर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
स्वास्थ्यकर्मी, ‘औषधि अभाव भइरहेको छ । समयमै विरामीले उपचार नपाउँदा मृत्युसम्म हुने गरेको’ बताउँछन् । यो समस्या हुम्लाको मात्रै होइन् कर्णालीको दशै जिल्लाको समस्या हो । तर कर्णाली सरकार जात्रा हेरेर बसिरहेको, लाज पचाएर बसिरहेको अधिकारकर्मीहरुको गुनासो छ ।
महामारीसँगै कर्णालीका कयौं सुत्केरीहरुको हेलिकोप्टर नपाएर थलोमै मृत्यु भएको छ । भीरबाट लडेर घाइतेलाई समयमै अस्पताल पु¥याउन नपाउँदा कयौंको मृत्यु भएको छ । तर कर्णालीका मन्त्रीहरु भने घरसम्म पुग्न र भ्रमणको लागि हेलिकोप्टर प्रयोग गर्दै आएका छन् ।
बिहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टरमा पत्नीलाई लिएर जन्मस्थान भ्रमण गरे । गत असार ९ गते भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीसँग कालिकोटका विभिन्न पालिकामा गाउँ तथा नगरसभा उद्घाटन गर्न उनी हेलिकोप्टर चढेर पुगेका मुख्यमन्त्री शाहीले भदौ ३ गते पत्नी चन्दासहित हेलिकोप्टर चढेर आफ्नो गाउँ पचाल झरनामा पुगेका हुन् । तर बाहिर भने शाहीले आफ्नो गृह जिल्ला कालिकोटमा निजि क्षेत्रको लागानी भित्र्याउन पहल र सम्भाव्यता अध्ययनका लागि पुगेको बताएका छन् ।
महामारीमा कर्णालीका कयौंले ज्यान गुमाइसकेको छन् । तर कर्णाली सरकारले भने वेवास्ता रोकथाममा वेवास्ता गरिरहेका छन् । दिनौं कर्णालीका गाउँ घरमा मेला लागिरहेका छन् । भीडभाड भइरहेको छ । कर्णाली सरकार त्यही भीडभाडको जात्रा हेरेर बसिरहेको स्थानीयको गुनासो छ ।