दैलेख : गुराँस गाउँपालिका दैलेखमा देशकै दोस्रो ठूलो टिस्यूकल्चर ल्याब निर्माण भएको छ । मुख्यतः आलुको बिउ उत्पादन गर्न टिस्यूकल्चर ल्याब बनेको हो ।
गुराँस गाउँपालिकाको साझेदारीमा नेपाल कृषि विकास फर्मले टिस्यूकल्चरले ल्याब बनाएको हो । गुराँस गाउँपालिका–४ स्थित घोडाबासमा स्थापना भएको ल्यावमा आलुको मुल बिउ उत्पादन गर्न सहज हुने छ । टिस्यूकल्चर कलमी तथा हाइब्रिट गरेर बिरुवाहरु उत्पादन गर्ने विधि हो ।
यो विधिबाट वार्षिक आलुको पूर्वमुल बिउ १० लाख दाना र पाँच लाख वटा फलफूलको बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको साझेदार संस्था नेपाल कृषि विकास फर्मका सञ्चालन देवेन्द्र अधिकारीले बताए । ताजा तरकारीको मुख्य क्षे्त्रको रुपमा चिनिने गुराँसे र रानिमत्ता क्षेत्रको आलु देैलेख लगाएत कर्णालीका विभिन्न क्षेत्रहरु र सुर्खेत र नेपालगञ्ज सम्म निर्यात हुने गर्दछ ।
यतिवेला आलुबालीलाई किसानहरुको मुख्य कृर्षिको रुपमा रुपान्तरण गर्दै वैज्ञानिक कृर्षि प्रविधिलाई अगाडी बढाउन गुराँस गाउपालिकाले चार करोडको लगानीमा सो टिस्यूकल्चर ल्याबको स्थापना गरेको हो । कृर्षि विकास फार्म प्रालिको ५१ प्रतिशत तथा गुराँस गाउपालिकाको ४९ प्रतिशत लगानीमा सो ल्याब निर्माण गरिएको कृर्षिविकास नेपाल फार्मले जनाएको छ ।
शनिबार गुराँस गाउँपालिकाको एक टोलिले सो टिस्यूकल्चर ल्याबको निरिक्षण एवं अनुगमन समेत गरेको छ । टिस्युकल्चर ल्यावबाट उत्पादित स्वच्छ र प्रविधियुक्त आलुको मुलबिउ देैलेखका विभिन्न स्थानिय तहहरु लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा निर्यात हुने र त्यसबाट किसानहरुको कृर्षि क्षेत्रको उत्पादनमा वृद्धि हुने देखिन्छ ।
आलुको मुलबिउ उत्पादन पश्चात गुराँस गाउपालिकाका करिब ३ हजार किसानहरुलाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य गाउपापालिकाले लिएको छ । टिस्यूकल्चर ल्याबबाट उत्पादन गरिएको आलुको बिउ सस्तो सुलभ मात्र नभएर स्वच्छ ,गुणस्तरिय हुनुका साथै टिस्युकल्चर ल्याबबाट भएको आम्दानीको २० प्रतिसत गाउपालिकाको आम्दानी र ८० प्रतिशत टिस्युकल्चर प्रविधिको व्यवस्थापनमा खर्चहुने गुराँस गाउपालिका अध्यक्ष खेमराज वलिले बताए ।
यसरी गुराँस गाउँपालिकामा निर्माण पश्चात सञ्चालन गर्न लागिएको टिस्यूकल्चर ल्याबबाट स्वच्छ गुणस्तरिय एवं सुलभ मुल्यको आलुको मुलबिउ लगाएत अन्य विभिन्न फलफुलका बिरुवाको उत्पादन र उपलव्धता सँगै गुराँसका किसानहरुको जीवनस्तर फस्टाउन सँगै सिंगो कर्णालीको कृषि र आलु लगायत फलफुलको क्षेत्रमा समेत विकास गर्न यो टिस्यूकल्चर ल्याबले सेवा प्रदान गर्ने लक्ष्य लिएको छ यसको विकासमा कर्णाली प्रदेशले समेत चासो दिनु जरुरी छ ।