खलंगा : जुम्लामा पछिल्लो समयमा उद्योग दर्तामा स्थानीयहरुको आकर्षण बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष ७७/०७८ मा मात्रै एक हजार ७६ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
तत्कालिन घरेलु तथा साना उद्योगको स्थापना कालदेखि २०७६/०७७ सम्म २१ सय १२ वटा उद्योग मात्रै दर्ता भएका थिए । ७७/०७८ मा मात्रै एक हजार ७६ वटा नयाँ उद्योग थपिएसँगै तीन हजार एक सय ७६ वटा पुगेका हुन ।
उद्योग दर्ता भएर व्यवसाय सञ्चालन गर्नु राम्रो कुरा हो । तर जुम्लामा निर्वाहमुखी कृषि, नाफामुखी र व्यवसायिक बन्ने आकर्षणका कारण उद्योग दर्ता भने भएको देखिदैन ।
तर सरकारी अनुदान र सहुलियतपूर्ण कृषि कर्जा पाउने आशामा धेरै उद्योग दर्ता भएको पाइएको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख पदम न्यौपानेले, ‘जुम्लामा दर्ता भएका सबै उद्योग काजमै सिमित छन । ३ हजार एक सय ७६ वटा उद्योग दर्ता छन । जस मध्य २७ सय १५ उद्योग बाँणिज्य तर्फका छन ’ भने ।
‘कार्यालयमा नयाँ दर्ता भएका उद्योगहररुको अनुगमन गर्दा ९० प्रतिशत कागजमै सिमति छन । बाँकी १० प्रतिशतमात्रै नियमित संञ्चालनमा रहेको पाइएको छ । यसरी उद्योग दर्तामा स्थानीयको आकर्षण बढ्ने व्यवसाय संञ्चालन नहुनुले पहुँजवालाको पोल्टोमा पार्ने कृषि अनुदानकै उपज रहेको स्पष्ट हुन्छ’ प्रमुख न्यौपानले थपे ।
कार्यालयका अनुसार जुम्लामा उद्योगहरूको संख्या तीव्र छर ३ हजार एक सय ७६ वटा उद्योग दर्ताको संख्या ७७/०७८को असार महिना सम्मको मात्रै हो । त्यस यता हालसम्मको उद्योग दर्ताको संख्या एकिन गरिएको छैन ।
अधिकांश नागरिकले सरकारको अनुदान पाउने आशामा उद्योग दर्ता गराएका छन् । दर्ता भएका अधिकांश उद्योग कृषि फर्म, कृषि औजार, कुटानी पिसानी जस्ता रहेको प्रमुख न्यौपाने जानकारी दिए ।
नेताको आश्वासन : उद्योग दर्ता गर, अनुदान दिलाउँछौँ !
३८ वर्षीया पुनि तिरुवा उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा महिला महिला भैंसी पालन तथा फलफुल तरकारी खेती उद्योग दर्ता गर्न पुगिन् । उनीसँग उनका श्रीमान र एक उद्योग दर्ताका लागि सघाउने गरेर तीन जना आएका थिए । कार्यालयबाट केका लागी उद्योग दर्ता गर्दै हुनुहुन्छ भनेर सोध्दा उनले भनिन् , ‘हाम्रो गाउँका नेता ज्युले उद्योग दर्ता गरे अनुदान दिन्छ भनेपछि दर्ता गर्न आएका हौं ’ ।
तिरुवा उदारहण मात्रै हुन । जुम्लामा उद्योग दर्ता गर्न आउने सबैको भनाइ मिल्दो जुल्दो रहेको कार्यालयका कर्मचारी बताउँछन् । प्रमुख न्यौपानेका अनुसार नियमित व्यवसाय सञ्चालन गर्नेहरुलाई राज्यलाई कर तिर्न पनि सजिलो छ । तर अनुदानका लागी उद्योग दर्ता गरेका र दैनिकी चलाउन गाह्रो हुने हुने गरेको छ ।
सामान्य नागरिकलाई एक दशकमा न्युनतम ८० देखि ९० हजारसम्म राजश्व कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको राजश्व तिर्नु पर्ने हुन्छ । यो एक लाखसम्म पुँजी राख्ने मात्रै हो । बढी पुँजी राख्नेहरुका लागि राजश्वले नै उठिबास गर्ने हुने गरेको छ ।
सामान्य नागरिकलाई बेकाममा उद्योग दर्ता गर्दा पर्ने समस्याको बारेमा जानकारी छैन् । जुम्लामा दर्ता भएका धेरै जसो उद्योग महिलाका नाम छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान दिन थालेपछि एकपछि अर्को गर्दै उद्योग दर्ता हुने क्रम बढेको छ ।
अनुदानमा पहुँचवालाको रजाइ
किसानको पुँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएकोे सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइद अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन् । जनताको करमाथि अनुदान भने पहुँचवालाहरुले नै पाइरहेको गुनासो बढिरहेको छ ।
जुम्लाका मात्रै होइन, देशका लाखौं किसानले सरकारी कोषबाट सहयोग नपाएर मजदूरी गर्न विदेशीनु परेको छ । पहुँचवाला र ठुला व्यवसायिकहरुले अर्बौंको व्यवसायिक खडा गरेका छन् । त्यसमा अनुदान पनि उनिहरले नै पाउने गरेका छन् ।
यस विषयमा जुम्लाक नागरिक समाजका अध्यक्ष राजबहादुर महत, ‘ कृषिका लागि दिइने कर्जा अनुदान धेरै त्रुटिपुर्ण छ । कृषिमा दिइने सहुलियतपूर्ण कृषि कर्जा किसानमुखी भएको छैन ।
अन्य व्यवसाय गरिरहेकाहरलाई यो सहुलियत कर्जा ठिक देखिन्छ । कृषिका लागि दिइने सहुलियतपूर्ण .कर्जामा ५ वर्षसम्म तिरिसक्नु पर्ने ’ भन्छन् । ‘सर्वसाधारणका लागि सहकारी र सहुलियतपूर्ण कृषि कर्जाले डुवाउने गरेको छ , उनले भने, ‘ कृषिमा कर्जा र अनुदानको दिने तरिका र पाउने तरिका बदल्न जरुरी देखिन्छ ’ ।
दलित र महिलाले उद्योग खोलेमा ५० प्रतिशत छुट !
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले महिला र दलित संञ्चालक भएको हकमा न्युनतम पँुजी अनुसार ५० छुट दिने प्रावधान गरेको बताइएको छ ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयलले महिलाका नाममा भएको उद्योगको न्युनतम पुँजी अनुसार ६ सय शुल्क लिने गरेको छ भने पुरुष संञ्चालक भएको हकमा ११ सय लिने गरेको बताइएको छ । उद्योग दर्ताबाट आर्थिक वर्ष ७७/०७८ मा ३१ लाख ७४ हजार राजस्व उठेको छ ।