आइनस्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँमा फरक पहिचान बनायो । आइनस्टाइन जति महान वैज्ञानिक थिए, त्यति नै ठूला दार्शनिक पनि । त्यसैले त उनका कतिपय सिद्धान्त विज्ञानको दुनियामा मात्रै होइन, मानिसको आमजिन्दगीमा पनि मेल खान्छन् ।
आइनस्टाइनले विज्ञानका नियमहरुको व्याख्या गर्दै सफलता, असफलता, कल्पना र ज्ञानका बारेमा कैयन यस्ता सुत्रहरु बताएका छन्, जसले जस्तो सुकै कठिनाइको बीचबाट पनि सफलतातर्फ डोहोर्याउन सक्छ । यस्तै १० वटा सुत्र हामीले यहाँ उल्लेख गरेका छौं ।
1. हिजोबाट सिक, आजका लागि बाँच, भोलिका लागि आशा राख र सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न कहिल्यै नहिच्किचाऊ ।
2. हामी आफ्ना ति समस्याहरुलाई ति विचारबाट सुल्झाउन सक्दैनौँ, जुन त्यसको उपज हो ।
3. कुनै पनि कुरामा तेज हुनुको मतलव धेरै ज्ञानवान हुनु होइन, यसको मतलब त कल्पना र सपना देख्ने छ, भन्ने हुन्छ ।
4. सफलताको सबैभन्दा ठूलो स्रोत अनुभव हो ।
5. जसले आफ्नो सीमा जान्दछ, ऊ त्यहीँबाट अघि बढ्छ ।
6. तर्कले तपाईंलाई A देखि B सम्ममात्रै लैजान सक्छ । जबकी कल्पनाको सहारामा तपाईं जहाँ पनि पुग्न सक्नुहुन्छ ।
7. जीन्दगी जिउने दुईवटामात्रै तरिका छ । पहिलो त कुनै चमत्कार होइन, दोस्रो यो हो कि जुन सबै चमत्कार हो ।
8. जब तपाईंले प्रकृतिलाई नजिकबाट नियाल्नुहुन्छ, तब जुनसुकै कुरा राम्रोसँग बुझ्न सक्नुहुन्छ ।
9. कुनै पनि एउटै कामलाई पटक-पटक गरेर हरेक पटक फरक परिणामको आशा गर्नु मुर्खता हो ।
10. सबैभन्दा पहिले खेलको नियम राम्ररी जान्नुस्, तबमात्रै तपाईं अरुभन्दा राम्रो खेल्न सक्नुहुन्छ ।