काठमाडौं, कर्णाली प्रदेश सरकारमा माओवादी अल्पमतमा थियो । तर, हाल सत्ताको नेतृत्व भने उसैले गरेको छ । ४० सदस्यीय प्रदेश सभामा माओवादीको १२ सिट छ । नेपाली कांग्रेसको ६ सिट, राप्रपाको एक, सभामुख राजबहादुर शाहीसहित २० सिट एमालेको थियो ।जतिबेला एकल बहुमत एमालेकै थियो ।
माओवादी अल्पमतमा थियो । तत्कालिन नेपाली कांग्रेसले माओवादीलाई साथ नदिने भनेको थियो । यद्यपी कांग्रेस तटस्थ बस्यो ।
केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहकार्य भयो । योसँगै कर्णाली प्रदेशमा पनि कांग्रेस संसदीय दलका नेता जीवन शाही र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच सहकार्य भयो । काम कार्य अघि बढ्यो ।
कांग्रेस र माओवादी मिलेर पनि ओरालो लागेको महेन्द्र शाही नेतृत्वको सरकार जोगिनेवाला थिएन । किन भने, एमालेसँगै एक बहुमत थियो । दुई पार्टी मिलेर पनि प्रदेश सभामा अठार मात्रै पुग्थ्यो । एमालेको स्टील बीस सिट थियो ।
तर, कर्णालीमा मुख्यमन्त्री शाहीले तत्कालिन एमाले माधव पक्षसँग मन्त्री पदको बार्गेनिङपछि माओवादी सत्ता जोगिने सम्भावना रह्रो ।
हानिकारक हुने खालका निर्णय गरेर व्यवस्थालाई धरापमा पारिरहेको दम्भ र अहंकारको ओलीसत्ता केन्द्रमा उभिरहेको थियो । तत्कालिन उक्त अहंकारको ओली सत्ताकाविरुद्ध केन्द्रमा तीन पार्टी एक ठाउँमा उभिने पनि भनिएको थियो । उभिए पनि ।
कर्णालीमा माधव समूहको त्यो चमत्कार नभएको भए मुख्यमन्त्री महेन्द्र बहादुर शाही पदच्युत हुन्थ्यो । प्रदेशसभाबाट विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुने थिए । उतिबेला नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दबाब पनि उनीमाथि बढ्दै गएको थियो । केन्द्रमा प्रचण्डको सेटिङसँगै प्रदेशमा महेन्द्र शाहीको सेटिङ पनि बन्दै भयो ।
गतः बैशाख ३ गते उनले विश्वासको मत लिनुपर्ने थियो । मत नपाए उनको मुख्यमन्त्रीको पद र कुर्सी चैट हुन्थ्यो । एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीको कुर्सीमा बस्थ्ये ।
कर्णालीमा माओवादी सत्ता ढल्ने पक्का थियो । तर त्यो सेटिङ काम गर्यो । यामलाल कँडेललाई एमालेकै चार सांसदले भुइँमा पछार्दिए । अर्थात् ‘फ्लोर क्रस’ गरे ।
ओरालो लागेको अल्पमतको सरकार फेरी उकालो लाग्यो । उसैको नेतृत्वमा नयाँ सरकार गठन भयो । यामलालको मुख्यमन्त्री बन्ने सपना ठाउँका ठाउँ रह्यो ।
सहकार्यसँगै ‘फ्लोर क्रस’ गरेका तीन जना मन्त्री माओवादी नेतृत्वको सरकारमा मन्त्री बने । मन्त्री पद पाउनेमा डोल्पाका सांसद नन्दसिंह बुढा, दैलेखका सांसद अमरबहादुर थापा र कालीकोटका सांसद कुर्मराज शाही परे । अहिले पनि बुढा उद्योग, थापा भौतिक पूर्वाधार, शाही भुमि ब्यवस्था मन्त्री छन् ।
यसबीचमा भौतिक मन्त्री थापालाई किर्ते जालसाजीको आरोप लाग्यो । भुमि व्यवस्था मन्त्री शाहीलाई अहिले एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । कर्णाली प्रदेश यामलाल कँडेलको कै भाषामा भन्नुपर्दा अपराधिक नै हुँदै गएको छ । जसको, एक हिस्साले एमाले विभाजनमा गयो । माधव एकातिर, ओली एकातिर हुन पुगे ।