मुगु : घोडा किसानका साथी हुन् । त्यो भन्दा बढी मानिस र मानिसको यात्राको साथी हो । जब घोडाहरु मानिसको साथी बन्छन । प्रकृति केही फरक दृश्य लिएर बसेको हुन्छ ।
ठीक यस्तै फरक दृश्यले सुसज्जित ठाउँ हो, मुगु, कालिकोट र जुम्लाको सिमानामा पर्ने खेसमालिका । जहाँका हरेक दृश्य क्यामेरामा कैद गर्न योग्य छन् । त्यो भन्दा बढी मुटु मष्तिष्कमा ती दृश्य कहिल्यै नमेटिने गरी बसेका छन् ।
खेलमालिका कालिकोट जुम्ला र मुगुको सिमानाका बासिन्दाका लागि तीर्थस्थल हो । जहाँ वर्षैपिच्छे हजारौँको भीड लाग्छ । तर यसपटक भने त्यो मात्रै छैन । तीर्थस्थललाई नै बिर्सादिने प्रकृतिको सुन्दरता खेसमालिकामा छ ।
जसलाई सायदैले हेरेका छन् । निकै थोरैले देखेका छन् । कर्णालीको हिमाली जिल्लाका मानिसहरुले दृश्यांकन गरेका छन । तर बाँकी दूनियाँ यो दृश्यबाट बाहिर छन् । जो एकपटक यी तस्बिर हेर्छन, ती कहिल्यै यी तस्बिरबाट मात्रै तृप्त हुँदैनन् । पूर्णसिंह बम ठकुरीले खिचेका यी फोटोमा कर्णालीको सुन्दरता मात्रै होइन, लूकेको स्वर्गको टुक्रा देखिन्छ ।
यी सुन्दर फोटो शेयर गर्दै वीरेन इरागनले फेसबुकमा लेखेका छन्, 'हामीले त तिर्थस्थलको नाममा कैयौँ पटक देख्यौ, खेसमालिका । तर कालिकोट जुम्ला र मुगुको सिमानामा पर्ने यो ठाँउको वास्तविक सुन्दरता कहिल्यै देखेनौँ ।'
फोटो : वीरेन इरागन / पूर्णसिंह ठकुरी