काठमाडौं । सरकारले ल्याएका दुबै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी छन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको थियो ।
जसले अहिले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र पनि तरंग पैदा गरेको छ । यो तरंगका बीच राष्ट्रपतिले जारी गरेका अध्यादेश कार्यान्वयनमा आएका छन । सोमबारदेखि नै अब जुनसुकै दलले पनि ४० प्रतिशत संख्या पुर्याएर अलग हुन सक्नेछन ।