कालिकोट : कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्ला कालिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा रोजगारको नाममा व्यापक अनियमितता भएको पाइएको छ । रोजगार कार्यक्रम अन्तर्गत श्रम गरेका वास्तविक मजदूरलाई पारिश्रमिक निकै कम दिएर मुख्यमन्त्री, मन्त्रीका आसेपासे तथा दलका नेता तथा कार्यकर्ताले रकम अनियमितता गरेको पाइएको हो ।
खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का जनताले रोजगार कार्यक्रम अन्तर्गत मजदूरले पाउने रकममा अनियमितता गरेको गुनासो स्थानीयले गरेका छन् । गत वर्षको असारमा रोजगार कार्यक्रम अन्तर्गत विभिन्न काम गरेका थिए । तर त्यसको पूरा पारिश्रमिक अझै पाएका छैनन ।
ताडीदेखि राराघाटसम्म बाटो र सडक खन्ने कामको रोजगार स्थानीयलाई दिइएको थियो । स्थानीयले इमान्दारपूर्वक श्रमदान गरेर केही रकम पनि पाएका थिए । तर पूरा पारिश्रमिक भने पाएनन् ।
एक घर, एक रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लाखौँ बजेटको काम समेत गरिएको थियो । तर त्यसको फाइदा भने त्यहाँका टाठा बाठाले मात्रै उठाए ।
वास्तविक मजदूरी गरेकालाई बेवास्ता गरेर केही दलका नेता र कार्यकर्ताले आफन्तलाई हाजिरी लगाएकै भरमा रकम दिएको गुनासो पनि स्थानीयले गरेका छन् । सरकारले एक दिनको पारिश्रमिक ६ सय ८० रुपैयाँ तोकेको छ ।
तर काम सकिएपछि कामदारले काम गरे बापत एक जनाले मात्रै दुई सय मात्रै पाएका छन् । सोहीकारण असन्तुष्ट रहेका धेरै मजदूरले रकम समेत बुझेका छैनन । रोजगार कार्यक्रम अन्तर्गत स्थानीय उपभोक्ता समितिले पनि आफ्नो आसपासेलाई रकम बाँडेको खुलासा गरेका छन् ।
दिनभर पसिना बगाएर काम गरेपनि पैसा नपाउँदा उनीहरु दुःखी छन् । आफ्नै ठाउँको विकास हुने अनि पैसा पनि आउने भनेर आफ्नो व्यस्त समयलाई छाडेर रोजगारी भनेर गयौँ, नाम नखुलाउने शर्तमा एक जनाले भने, तर रोजगारी दिनेहरुले नै धेरै पैसा आफूले खाएर हामीलाई दुई सय मात्रै दिए । हाम्रा आँखामा छारो हालेको जस्तो भयो ।
रोजगारीको नाममा व्यापार गर्दै
कर्णालीमा रोजगारीको नाम व्यापार धेरै हुने गरेको छ । गरिब र दिन दुःखीको लागि भनेर रोजगार कार्यक्रम पनि ल्याइएको थियो । तर गरिबलाई नभई त्यहाँका हुने खानेलाई रकम बाड्ने काम भइरहेको छ । जहाँ भएपनि मारमा गरिब नै पर्ने गरेका छन् ।
केहि विकास हुन्छ की भनेर आफ्नो पढाई छाडेर १० दिनसम्म स्थानीय युवाहरुले गरेका थिए । अन्तिममा ज्याला लिन जादा एक दिनको दुई सयको दरमा दिदा आफुले अहिलेसम्म पैसा नलिएको रोजगार कार्यक्रम अन्तर्गत काम गरेका अर्का युवाले बताए ।
त्यो बेला केहि समय सदुपयोग गर्नेको लागि आफु पनि उक्त रोजगारमा गए । तर वडा र समितिकाले त हामी जस्ता पढेको मान्छेको आँखामा छर्यो हाल्छन् । भने यहाँका सोझा जनतालाई के गर्छन होला, उनले भने ।
अर्की युवतीले कर्णाली रोजगारी आएको पैसा पनि आफुले नलिएको बताइन् । आफुले गरेको अनुसारको पारिश्रम नदिदा आफुले नलिने पनि उनले बताइन् ।
उनीहरु जस्ता अरु धेरै छन् । तर पीडित उनीहरुले यस विषयमा बाहिर बोलन सकिरहेका छैनन । नखाउ भने दिन भरिको शिकार, खाउ भने कान्छो बाउको अनुहार आफुलाई केहि भनिहाल्छ कि आफ्नो परिवारलाई मानसिक यताना दिन्छन् कि भने चिन्ता उनीहरुको छ । उनीहरु जस्ता सोझा साझा जनतालाई मुख्यमन्त्रीकै जिल्लाका नेता तथा कार्यकर्ताले खुलेआम ठगी गरिरहेको गुनासो उनीहरुको छ ।