काठमाडौं : राजनीतिमा युवाहरुको भुमिका महत्वपुर्ण हुन्छ । र, हुँदै आइरहेको छ । इतिहासमा हेर्दा २००७ सालदेखि ०६२/६३ सम्म युवाहरुको भुमिका महत्वपुर्ण छ । सात सालको त्यो, क्रान्ति जसले गर्दा एकतन्त्रीय राणा शासनविरूद्ध कदम चाल्यो । जसको परिणाम राणा शासनको अन्त्यसँगै नेपालमा प्रजातन्त्रको आयो । यसबीच थुप्रै घटना घटे । राजाले प्रजातन्त्रलाई अपहरण, लगायतका घटनाहरु इतिहासमा छन् । र, पाइन्छन् ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको लागि जनआन्दोलन भयो । जसमा पनि युवाहरुको भुमिका महत्वपुर्ण छ । जसले, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्यो । योेसँगै गणतन्त्र स्थापनाको लागि माओवादीले दश वर्ष युद्ध लड्यो । संघर्ष गर्यो । त्यो पनि कम थिएन ।
हजारौंको बलिदानपछि माओवादीकै बलमा नेपालमा गणतन्त्र स्थापना भयो । यी आन्दोलन र अधिकार प्राप्तिका लागि युवाको भुमिका मात्र नभइ निर्णायक बन्यो । जसले, इतिहास र वर्तमान रच्यो । जुन, युवाहरुलाई इतिहास र वर्तमान दुबैले सम्मान गरिरहेको छ ।
कर्णाली - कर्णाली भन्न र सुन्न बित्तिकै अशिक्षा गरिबी र विकटसँग तुलना भइरहेको छ । त्यसमाथि विभेदले झनै जरागाडेको छ । अशिक्षा, गरिबी, विभेदसँग जोडेर कयौं नेताहरुले राजनीति गरे । सत्तामा पुगे । प्रतिपक्षीमा पुगे ।
कर्णालीमा थुप्रै सो घोषित - विद्यार्थी नेता, युवा नेता, अधिकारकर्मी हुँदै राजनीतिज्ञसम्म छन् । यसले सक्षम युवाको नेतृत्व जन्मायो ? प्रश्नै प्रश्न । तर, कर्णालीले सक्षम युवा नेतृत्व पाएको छैन ।
केही युवाहरु राजनीतिका नाममा अनेक गरिरहेका छन् । बाँकी रहेका युवाहरु अक्षम बनेर नेताहरुको भर्याङ बन्न पुगेका छन् । यस कारण कर्णालीले सक्षम युवामा नेतृत्व गुमाएको हो । त्यो कर्णालीले सहजै स्वीकार गरेको छ ।
युवाहरु सस्तो चर्चाको लागि सडकमा गएर जिन्दाबाद र मुर्दावाद भन्न बाहेक अरु केही नभएको विज्ञहरु बताउँछन्, ‘युवाहरु अक्षम बन्दै गएका छन् । राजनीतिका नाममा व्यापार गरिरहेका छन् । यो व्यापार सबैतिर भएपनि कर्णालीमा ज्यादा नै छ ’।
बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता विन्स्टन चर्चिलको एउटा भनाइ छ : ‘राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।’ अहिले नेपालमा युवाहरुले राजनीतिका नाममा यहीं सुत्र प्रयोग गरिरहेका छन् ।
जसको सिको कर्णाली धेरै युवाहरुले गरिरहेका छन् । जसले, कर्णालीका युवालाई अक्षम बनाइरहेको छ । चर्चाका लागि जिन्दाबाद र मुर्दावाद भनिरहेका छन् ।
कर्णालीमा विशेष गरी तीन पार्टीको पहुँच धेरै छ । नेता धेरै छन् । कार्यकर्ता धेरै छन् । जुन, नेकपा एमाले । माओवादी । नेपाली कांग्रेस हुन् । हाल एमाले चिरा परेर एकीकृत समाजवादी बनेको छ । यसको पहुँच, नेता, कार्यकर्ताहरु हेर्न बाँकी नै छ ।
धेरै युवाहरु नेताको भर्याङ बनिरहेका छन् । त्यसैले कर्णालीले राजनीतिमा राम्रो युवाको नेतृत्व पाएको छैन । नेतृत्व विहिन बनेको हो ।