काठमाडौँ : जीवनमा यौन अनिवार्य भन्दा पनि अनिवार्य कुरा हो । तर यो व्यक्तिको व्यक्तित्वलाई थप निखार्ने एक अजीव सफलता सुत्र हो । यौन जीवनलाई व्यवस्थापन गर्ने मानिसहरु जीवनमा असफल हुँदैनन् । उनीहरु यौनको तनावलाई छाडेर सफलताका बारेमा सोच्छन् ।
त्यसैले यौन जीवन अनिवार्य कुरा हो । तर यसलाई व्यवस्थित गर्न नसके मानिसले नसोचेको दुर्घटना व्यहोनुृपर्ने हुन्छ । त्यसमाथि पहिलोपटक सेक्स गर्दा झन् धेरै सतर्क हुनुपर्छ । त्यसैले पहिलोपटक सेक्स गर्दा निम्न कुरा ध्यान दिन आवश्यक छ ।
१. चुम्बनः
विश्वास गर्नुस् या नगर्नुस् धेरै मानिसहरु सम्भोगका बेला आफ्नो पार्टनरलाई चुम्बन गर्दैनन् । किन ? सम्भवतः सहवासको बेला हुने आसनले गर्दा चुम्बन असहज बन्दछ ।
जोडीहरु छिटै चरमोत्कर्षमा पुग्न चाहन्छन् र चुम्बनले चरमोत्कर्ष प्राप्तिको तिव्रतालाई भंग गरिदिन्छ भन्ने सोँच कतिपयको हुन्छ । तर होसियार, कदापि यस्तो गल्ती नगर्नुस् । सहवासको बेला सदैव आफ्नो पार्टनरलाई भरपूर चुम्बन गर्नुस् । यसले यौन आनन्दमा इँटा थप्दछ ।
२. प्रेमिल स्पर्श
धेरै मानिहरुले आफ्नो पार्टनर सहवासमा एग्रेसिभ होस् भन्ने चाहन्छन् र एग्रेसिभ पार्टनर मन पराउँछन् । तर सहवासका लागि आफ्नो महिला पार्टनर तयार नहुँदै वा उत्तेजनामा नआउँदै उनको जिउमा टोक्नु राम्रो मानिँदैन ।
यसले जिउमा आनन्दको साटो पीडा हुन्छ र असहजता पैदा भई पार्टनर तर्सिने जोखिम पनि हुन्छ । त्यसैले पार्टनरलाई कान, काँध, घाँटी तथा सरीरका अन्य भागमा लभ बाइट दिनुअघि तपाइँको पार्टनर पूर्ण रुपमा उत्तेजित भएको निश्चित गर्नुस् ।
३. आकर्षणमा केन्द्रित मन र मष्तिष्क
यसमा दुइमत छैन की सबैभन्दा बढि यौन उत्तेजना प्राप्त हुने अंग यौनांग नै हो । तर सहवासका बेला सिधै यौनांगमा केन्द्रित हुनु राम्रो हुँदैन ।
त्यसअघि जिउका अन्य भागहरुमा ध्यान दिनुपर्दछ । पार्टनरको घुँडा, कम्मर, ढाड, पेट, नितम्ब, वक्षस्थल लगायतमा मुसार्ने तथा सुम्सुम्याउने र चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाइँको पार्टनरलाई उत्तेजना प्राप्त गर्न सहयोग पूराउँदछ । यसले यौन आनन्दमा पनि वृद्धि गर्दछ ।
४. सेक्स र शरीर
तपाइँ महिला हो वा पुरुष । केही समय आफ्नो पार्टनरको जिउमाथि आफुलाई पूर्ण रुपमा फ्याँकेर क्रेजी बन्न सक्नुहुन्छ । तर जब तपाइँ पार्टनरको जिउमाथि सुतिरहनु भएको छ भने यो कुरामा ध्यान दिनुहोस् की तपाइँले आफ्नो जिउको पूरै भार पार्टनरको जिउमा नपार्नुस् ।
यसो गर्दा स्वास फेर्न कठिन हुन्छ । पूर्ण रुपमा अक्सिजन लिन नपाउँदा त्यसले मस्तिष्कसम्मै प्रभाव पार्दछ र यौन क्षमता तथा आनन्दमा नकारात्मक असर पार्दछ ।
५. स्खलनः
यो विशेषगरी पुरषको हकमा लागू हुन्छ । उपयुक्त समयमा विर्यस्खलन गर्नका लागि तपाइँले आफ्नो मांशपेशीमा पर्याप्त नियन्त्रण गर्नुपर्ने हुन्छ ।
धेरै छिटो विर्यस्खलन हुँदा तपाइँको पार्टनरले यौन आनन्द नै प्राप्त गर्दैन भने धेरै ढिलो विर्यस्खलन हुँदा तपाइँको पार्टनरले यौन आनन्द होइन जिमखानामा फलामको भार उठाइरहेको अनुभुति गर्दछ ।
असामयिक स्खलन रोकेर पर्याप्त चरमआनन्द प्राप्त गर्नका लागि पाकक्रिडामा पर्याप्त समय खर्चिनुस् ।
तपाइँले लामो समयसम्म सहवास गरेर पनि स्खलन गर्नको लागि हस्तमैथुन नै गर्नुपर्छ भने पनि पहिले आफ्नो पार्टनरलाई सन्तुष्टी दिलाउने काम गर्नुहोस् र अनिमात्र आफ्नो इच्छामुताविकको स्खलन तर्फ लाग्नुहोस् ।