शारिरीक आकर्षणमा युवा युवती बराबरी जिम्मेवार छन् । तर केटाहरुले धेरै कुरा पाउनका लागि केटीहरुलाई पछ्याउँछन् । यो नौलो होइन । यदि केटीहरुले पनि केटाहरुलाई वास्ता र महत्व दिएमा मात्रै त्यो सम्भव हुन्छ ।
अन्यथा केटाहरुले जति नै प्रयास गरेपनि त्यो निरर्थक हुन्छ । आखिर केटीहरु कस्ता केटाहरु मन पराउँछन् । त्यसमध्ये ६ कारण र गुण यस्ता छन्ः
१. सपना र साहस भएको केटा
केटीहरुले आत्मविश्वास , लगनशिल , र साहशी केटाहरुलाई आफ्नो पहिलो रोजाइमा राखेका हुन्छन । आत्मविश्वास र साहशी केटा जसले आफ्ना कुरा खुलेर बोल्न सक्छन् । त्यस्ता केटा केटीको नजरमा पर्न सफल हुन्छन् ।
अनि जरुर केटाहरुमा केही न केही गर्ने सपना चाँही अनिवार्य हुनुपर्छ । अन्यथा प्रेममा परेर पनि केटीहरु त्यहाँबाट उम्किन सक्छन ।
२. कम बोल्ने तर मायालु केटा
कुनै पनि कुरालाई हावा पारामा कुरा गर्ने भन्दा गम्भिर र भलाद्मी किसिमको स्वभाव भएका केटाहरुलाई केटीहरुले धेरै मन पराउँछन् । जतिबेला पनि आफ्नो पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिलाहरु बढी लोभिन्छन् ।
३. माया र केयर गर्ने केटा
अरुलाई भन्दा बढी आफूलाई अलि बढी ध्यान दिने केटा केटीका लागि सपनाका राजकुमार हुन् । आफ्नो ख्याल गर्ने । आफुप्रती चासो देखाउँने केटाहरुको पर्खाइमा हरेक केटीहरु रहेका हुन्छन् । हरेक दुःख,सुःखमा र समस्या पर्दा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् ।
४. महिलाका हरेक कुराको सम्मान गर्ने केटा
केटीहरु आफुलाई सम्मान गर्न जान्ने केटाहरुको खोजीमा रहेका हुन्छन् । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले आफ्नो जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्न जान्छ ।
५. साधारण तर असाधारण क्षमता भएको केटा
सिधा र जेन्टल स्वभावका केटाहरुलाई हरेक केटीलाई मन पराउँछन् । हेर्दा सिधा सादा देखिने तर परेको बेला आक्रामक बन्न सक्ने केटाको खोजिमा हुन्छन् हरेक महिलाहरु हुन्छन् ।
६. नक्कल नभई भर्जिन स्वभावको केटा
धेरै जसो केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो शुरमा काम गर्ने , कुनै पनि केटीलाई ध्यान नदिने केटाहरुलाई केटीहरुले बढी रुचाउँछन् ।
यति मात्रै नभई पहिले कुनै केटीसँग नजिक नभएको केटा केटीहरुलाई धेरै मन पर्छन । यसअर्थमा उनीहरु यसलाई भाग्यमानी सम्झिन्छन् । आखिर हरेक केटी आफ्नो जीवनमा आउने केटालाई राजकुमार सम्झिन्छन् ।