शुभ प्रभात..!
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ...
- आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो....
- शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा ....
- आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो ....
- आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे ....
- आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो....
- आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते....
- मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु....
- लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।
धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे....
- सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ ।
मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि....
- आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा....
- आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कामकाज पनि सहज हुँदै जानेछ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि....
- धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
'तपाईको राशिफलमा जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् - कर्णालीखबर'