काठमाडौ । भारतमा रोजगारीका क्रममा घाटगाउँका दाने सुजी दुर्घटनामा पर्दा त्यहाँ रहेका घाटगाउँकै युवाले पनि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको खुलेको छ । हैदरावादको एक कम्पनीमा काम गर्ने क्रममा सुजीको हात भाचिएको थियो ।
हात भाचिएका सुजी झण्डै महिना दिन लामो समय अस्पतालमा बसेका थिए । अस्पतालमा उपचार गर्दा पैसा सकिएपछि र कम्पनीमा फेरि काम गर्न नसकिएपछि उनी त्यहाँबाट पुना पुगेका थिए । पुनामा धेरैजसो नेपाली रहेकाले उनी त्यहाँ पुगेका हुन ।
तर पुनामा पनि उनले काम पाएनन् । काम नपाउँदा उनी बेरोजगार मात्रै होइन । आर्थिक संकटमा समेत फसे । जसकारण उनलाई घर फर्किन गाडीभाडा समेत थिएन । यस्तो अवस्थामा पुना, गुजरात, मुर्मीमा रहेका घाटगाउँका युवाले चन्दा उठाएर २० हजार रुपैयाँ संकलन गरेका मुर्मीका युवा गंगाराम विक (गणेश विक माइलो)ले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा उनले सुजी भारतमै अलपत्र परेको र समस्या झन थपिदै गएपछि साथीहरुबाट पैसा संकलन गरेर घर पठाएको उल्लेख गरेका छन । एक जनानले ५ सयदेखि १६ सय रुपैयाँसम्म संकलन गरेर सुजीलाई घर पठाइएको थियो ।
भारतमा सुजीलाई आर्थिक सहयोग गर्नेमा गंगाराम विक, मोहन विक, टपेन्द्र विक, भ्वानसिह बिक, कटक बिक, जहरे धमाला, कमल धमाला, रमेस धमाला, डिल्लि सुनार, रमेश सुनार, सिउरे विक, माया विक, शेरे टमाट्टा, उजिरे विक, कमल थापा, रमेश विक, पदम विक, सिउरे बिक टमट्टा, डिल्ली नेपाली, भण्ड नेपाली, कल विक, धनबहादुर परियार लगायत हुन ।
उनीहरुले २० हजार रुपैयाँ संकलन गरेर सुजीलाई गाडीभाडा र केही दिन घर खर्च चलाउन सहयोग गरिएको मुर्मीमा रहेका घाटगाउँका युवा गंगाराम विकले बताए । शुक्रबार मात्रै कोरियामा रहेका पाँच जना युवाले पनि सुजीलाई १७ हजार रुपैयाँ सहयोग गरेका छन ।