सिमकोट : नयाँ र राम्रो घरमा बस्ने चाहना कसको हुँदैन र ? । यस्तो चाहना राख्नेमा सिमकोट गाउँपालिका वडा नम्बर ३ ठेह्रे गाउँका डबले परियार पर्छन् । तर, परियारले नयाँ घर बनाए । बस्न नपाएरै त्यो चाहना सडक निर्माणका क्रममा तुषारपात भयो । अहिले उनको न बास रह्योे, नत गास ।
नयाँ निर्माण गरिएको दुई तलेघर भत्किएपछि छिमेकीको शरण बस्न बाध्य भएका छन् । घरकै छेउमा निर्माण भएको सडकले घरमा जोखिम भइरहेको बेला वर्षातले त्यसलाई भत्काइदियो । घर भत्किएपछि जेठोे छोरा छुट्टिएर सदरमुकाम सिमकोटमा बस्दै आएकाको घरमा बस्न बाध्य भएको उनीहरु गुनासो सुनाउँछन् ।
उनले, ‘सिमकोट गाउँपालिकाले सिमकोट ठेहे सडक निर्माण गर्ने क्रममा डोजर खन्दा घरको छेउसम्म पुग्दा जोखिम बढिरहेको बेला वर्षाले पहिरो आउँदा घर भत्काइदिएको’ भने । उक्त घरको माथिललो तला पुर्ण रुपमा क्षति भएको छ । भने, तल्लो तलाको पनि एउटा कोठा पुर्ण र दुई वटा कोठामा आंशिक क्षति पुगेको छ ।
तीन वर्षको मेहनतपछि बनेको घरमा भत्किएपछि परिवारको बिचल्ली भएको छ । उनको चार सदस्यीय परिवार अहिले अर्काको घरमा बस्दै आएको छ । घर भत्किदा भित्र भएको धनमालमा समेत क्षति पुगेको, अहिले गाउँलेको सहयोगमा केही सामान निकाल्न सफल भएको बताइएको छ ।
प्रहरीका अनुसार स्थलगत निरीक्षण गर्दा अठार लाख मुल्य बराबरको क्षेती भएको छ । र, त्यसको मुचुल्का तयार गरी कार्यालयमा पेश गरिएको दोजाम प्रहरी चौकीले जनाएको छ ।
घरको ठुलो क्षेती भएको भएपनि हालसम्म उनले पाँच हजार रुपियाँ स्थानीय प्रशासनबाट राहत पाएका छन् । त्यसले न उनको नयाँ घरमा बस्ने चाहना पुरा गर्ने छ न त छाक टार्ने नै । उक्त सडकको निर्माणपछि ठेहे गाउँमा साठी भन्दा बढी घरधुरी जोखिममा परेका छन् । गाउँपालिकाले सडक खन्ने कार्य मात्र गरेको र त्यसमा ग्याबिन लगाउने कार्य नभएको कारण घरहरु जोखिममा परेकोले वर्षाको बेला कुनै पनि समयमा क्षति पुग्न सक्ने जनाइएको छ ।