खलंगा : जुम्लाको तिला गाउँपालिका – १ रारालिही गाउँमा दुई सय ८० घरधुरी छन् । उक्त मध्ये ५१ घर दलित समुदायका रहेका छन् । सबै भन्दा न्यून आय भएका बली सार्की हुन् । उनले कसैको पनि राहत पाएका छैनन् । यस्तै सोही गाउँका जिते दमाइको पनि छ जनाको परिवार छ । उनी पनि ज्यालामजदुरी गरेर दैनिकी गुजार्दै आएका थिए । पछिल्लो समय कोरोना महामारीले मजदुरी गर्न नपाएको उनले गुनासो गरे ।
उनी लगायत रारालिही गाउँका विपन्न परिवारहरुलाई यतिबेला खाद्यान्नको संकट परेको छ । जितेले अहिलेसम्म पनि कुनै संस्थाको राहत पाएका छैनन् । यस पटक पनि किडार्कले दिएको कोरोना प्रभावितको राहतबो कुनै जानकारी नआएको बताए ।
उनले, ‘निर्वाचनको बेला दलित तथा विपन्नको भोट खोजी भयो । राहतमा खोजी हुँदैन’ भने । उक्त बस्तीमा उनी मात्रै होइनन् यस्तै समस्या भोगिरहेका सबैको व्यथा मिल्दोजुल्दो छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन कार्यक्रमका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले, ‘कोरोना प्रभावित र राहत पाउने नपाउने जिम्मा वडाध्यक्षलाई दिएका थियौं ’ भने, किर्डाक नेपालले पालिकासँगको समन्वयमा सम्बन्धित वडालाई वास्तविक कोरोना प्रभावितलाई छनौट गर्ने जिम्मा दिएका हौं । तर कोभिड प्रभावितको नाममा पहुँचवालाले मात्रै राहत पाएको स्थानीयद्धारा गुनासो आएको छ ’ । यो जुम्लाका अधिकांश स्थानीय तहहरुले गरिरहेका छन् । वास्तविक पीडितले राहत पाएका छैन । यो जुम्लामा नमुना हो । यस्तै कर्णालीका हरेक जिल्लामा भइरहेको छ ।
तिला गाउँपालिका– १ का वडाध्यक्ष प्ररबहादुर रावतले कोभिड प्रभावित नागरिकले मात्रै राहत दिलाएको बताएका छन् । उनले , ‘अन्य राहत होइन् तरकारीको बिउ उमार्ने समयमा किडार्कले बिउ उपलब्ध नगराएका कारण कृषि औजार सदुपयोग हुन नसकेको हो । अन्य राहत हामीले सदुपयोग नै गरेर वितरण गरेको’ बताए ।
‘किडार्कले वितरण गरेको औजारले उत्पादनमा वृद्धि हुने, ‘ उनले भने, ‘किसानहरुको खेति प्रणाली सुधार गर्न कृषि औजार उपलब्ध गराइएको हो । यसअघि तरकारी खेती गरेर जीविकोपार्जन गर्ने किसानलाई औजारको अभावले तरकारी सोचे जस्तो फलाउन सकेको थिएनन् । तरकारी खेती गर्ने किसानको आवश्यकताई बुझेर औजार दिएकोमा अब सहज हुने भएको छ । ’
तरकारी उत्पादन गर्न दिइएको प्लाष्टिकले भल्का छोप्दै
मौसमी तथा बेमौसमी तरकारी उत्पादनको लागि प्लाष्टिक घर बनाउने औजार दिइएको थियो । अहिले औजारसहित प्लाष्टिकहरु उक्त कृषि औजार सदुपयोेग नभएको पाइएको छ । किर्डाक नेपाल जुम्लाले कोभित प्रभावित कृषकलाई दिएको कृषि औजार सदुपयोग नभउका हुन ।
उत्पादन वृद्धि र न्युनआय भएका नागरिकको लागत बढाउने उद्देश्यले कृषि औजार वितरण गरेपनि कृषि औजार प्रयोग कुनैपनि कृषकले गरेका छन् । तिला एक रारालिही गाउँका ४२ जना कृषकलाई कृषि औजार सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले बताए । वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जीविकोपार्जन कार्यक्रममार्फत त्यहाँका कोभिड प्रभावित नागरिकलाई सहयोग गरिएको हो ।
कोरोना प्रभावितको जीविकोपार्जनमा सहज ल्याउनका लागि रारालिही गाउँका १२ जना पसल व्यवसायिक र ४२ जना कृषकलाई औजार दिइएको थियो । १२ जना पसल व्यापारीले केही सञ्चालन गरेपनि अन्य कृषकले नगरेको पाइएको छ ।
कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वितरण गरिएको कृषि औजार थन्किएर बसेका छन् । भने, प्लाष्टिकले जौ र गहुँका भल्का ढाकेको छन् । सिल्पोलिन ,हजारी ,प्लाष्टिक केरेट , वटा, गार्डेन पाइप ,रोल,र त्रिपाल ,जस्ता सामाग्री वितरण गरिएको छ ।कृषि खेतीमा सहजता प्रदान गर्नका लागि कृषि औजार वितरण गरिएको पाइएको छ ।
वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा तिलाका ६, ७, ८ र ९ वडाका कोरोना प्रभावितलाई सम्बन्धित वडाध्यक्षको सिफारिसमा उनीहरुलाई सहयोग गरेको किर्डाक नेपाल जुम्लाको दाबी छ ।
किर्डाकले जुम्लामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भए, नभएको बिषयमा जिल्ला समन्वय समितिले सरोकारवालाकोे टोली सहित स्थलगत अनुगमन कृषि औजार सदुपयोग नगरिएको भेटिएको हो ।