फोटो स्रोत : सुनिल उलक फेसबुक
आज भन्दा २४ वर्ष अगाडि एकाबिहानै विश्वभर एउटै अविश्वसनिय समाचार फैलियो । सबैमा एउटै लेखिएको थियो 'प्रिन्सेस डायना डाइज क्र्यास इन पेरिस' । संसारका हरेक समाचार यही थिए । केही समय पछि उनका प्रेमीको पनि सँगै मृत्यु भएको समाचार आयो । एक वर्ष अगाडि मात्र प्रिन्स चार्ल्ससंग डिभोर्स लिएका डायनाको मृत्यु रहस्यमय रह्यो ।
यो मृत्यु प्रिन्सेस डायना र डायना स्पेन्सरबीचको परिणति थियो । बेलायतको बर्मिङ्घममा डायनामा प्रिन्सेसको रुपमा मात्र रहेको देख्न चाहन्थ्यो भने डायना स्वयंम डायना स्पेन्सरको रुपमा स्वच्छन्द रहन चाहन्थ्यो । उनले दरवारको नीति नियम भन्दा बाहिर रहेर स्वतन्त्रता खोजेका थिए ।
यहि द्वन्दको बीचमा डायनाको मृत्यु भएको थियो । जसकारण यो मृत्युलाई रहस्यमय भनिएको छ । पापारत्सीको पिछाबाट मुक्त हुन हतारिदा तथा रक्सी सेवन गरेका ड्राइभरका कारणले दुर्घटना भएको भनिए पनि मृत्युको घटना शंकास्पद नै रहेको थियो । त्यस घटनामा उनका प्रेमि भनिएका डोडी फायद तथा ड्राइभर ट्रिभर जोन्सको पनि मृत्यु भएको थियो । दुर्घटनाको साढे तीन घण्टा पछि नेपाली समय बिहानको पौने आठ बजे मृत्यु भएको घोषणा गरिएको थियो ।
दुर्घटनाको २० वर्ष पछि एक फ्रान्सेली पुलिसले जागिरे जीवनबाट रिटायर्ड भएपछि यसको पोल खोलेका छन् । उनले डायनाको मृत्यु दुर्घटनाका कारण नभएको बताएका छन् । कारबाट उनलाई निकाल्दा उनको शरिरमा एक थोपा रगत पनि बगेको थिएन । साथै उनी बरबराउँदै भनिरहेका थिए, माई गड, ह्वाट हेपन्ड । बेलायती पुलिसका अनुसार त्यसपछि डायनालाई हर्ट एटेक भयो र मृत्यु भयो । तर अर्को पक्षले भन्यो, एम्बुलेन्सबाट अस्पताल लैजाने क्रममा उनलाई विषालु सुई दिइयो । सम्पूर्ण घटना :एम १६ को योजना थियो पनि भनियो ।
यस दुर्घटना भन्दा ४ वर्ष अगाडि डायना २०४९ फागुन १९ मा ५ दिने भ्रमणमा नेपाल आएकी थिइन् । नेपालमा रेडक्रसको पर्यवेक्षकको रुपमा उनी नेपाल आएकी थिइन् ।
भोलिपल्ट युवराज दिपेन्द्रले दरवारमा डिनरको व्यवस्था गरेका थिए । डिनरको लागी डायनाले विशेष पोशाक लगाएकी थिइन् । क्रिम रङ्गको सिल्कको पोशाक उनले केवल राजकिय भोजको लागि भनेर नै लिएर आएकी थिइन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा युवराज दिपेन्द्रको साथ हलमा प्रवेश गर्दा उनी निकै आकर्षक देखिएकी थिइन् । यो उनी नेपाल आएको बेला खिचिएको दुर्लभ फोटो हो ।
डायनाका पोशाहरुको बिशेष डिजाइन क्याथरिन वाकरले गर्थे । उनैले डिजाइन गरेको यो पोशाक उनले यस अगाडि पनि बर्किघम दरवारमा भएको बिशेष भोजमा पोशाक लगाएकी थिइन् । उनको मृत्युको एक महिना पछाडि उनका बिशेष पोशाकहरु लिलामीमा बिक्रीमा राखिएका थिए । यस बिक्रीबाट आउने रकम क्यान्सर तथा एड्स सम्बन्धी च्यारिटीमा जम्मा गर्न लागिएको थियो ।
जसमा नेपालमा राजकिय भोजमा लगाइएको पोशाक पनि पनि बिक्रीमा राखिएको थियो । बिश्व बिख्यात लिलामकर्ता क्रिस्टिजले आयोजना गरेको यो लिलामीको कार्यक्रमबाट ३२ लाख ५० हजार डलर संकलन भएको थियो । यस लिलामीमा नेपालमा लगाइएको पोशाक पनि ५१७५० डलरमा बिक्री भएको थियो । जबकी सो पोशाक बनाउन क्याथरिन वाकरले ५००० डलर पनि लिएका थिएनन् । सो पोशाक डायनाले दुइ पटक मात्र लगाएकी थिइन् । एउटा नेपाल भ्रमण आउँदा डिनरमा लगाएकी थिइन् भने अर्को पहिरनको स्थान खुलाइएको छैन ।
(इतिहासकार सुनिल उलकले तयार पारेको यो सामग्री उनकै सामाजिक सञ्जालबाट लिएका हौँ - सम्पादक)