काठमाडौं : हरियो साग प्राय सबैलाई मन पर्छ । स्वास्थ्यसंगै आँखा र दिमागलाई पनि तेजिलो बनाउँछ । हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।
फर्सीको मुन्टा खानुको फाइदा:
छाला
फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । भिटामीन सी छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।
आँखा
फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।
क्यान्सर
फाइबर एक यस्तो तत्व हो जसको सेवनले अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउछ ।
मधुमेह
मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।
पाचन प्रणाली
फर्सीको पातमा पाइने पोटासियमले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।
कोलेस्ट्रोल
अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।
प्रजनन क्षमता
तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउछ । जसको मद्दतले तपाईर्को प्रजनन क्षमतामा वृद्धि हुन्छ ।