जुम्ला : भदौ १५ गते जुम्लाको सदरमुकाम खलंगा बजारमा राति ८/९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । जुम्लाका धनाढ्यहरुले जुवा खेल्दै गएको अवस्थामा एकजना बर्दीधारी प्रहरीले पैसा लुटेको खबर बाहिर आयो । तिनिहरुबाट करिब दुई लाख बराबर रुपैयाँ उठाएको हल्ला बाहिर आयो ।
केही स्थानीहरुको पैसा लुटिएको भन्दै राती जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापालाई खबर समेत गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले पैसा लुटिएको हो भने, किटानी जाहेरीसहित प्रहरीमा निवेदन दिन आग्रह गरेको उनीले नै बताए ।
प्रहरी प्रमुखसँग उनीहरुले त्यही अनुसार अघि बढ्ने कुरा गरेपनि शुक्रबार बिहानसम्म उनीहरुले जाहेरी दिएनन् । पैसा लुटेको आरोप लगाइएका प्रहरीले जुवातास खेलेको अवस्थामा घर भित्र गएर दश हजार रुपैयाँ लिएको स्वीकार गर्दै बाँकी लिएको छ भन्ने लागेमा आफुविरुद्ध उजुरी पनि भने । उनका अनुसार पैसा लुटेको आरोप लगाउनेहरु आफै तास खेलिरहेको अवस्थामा थिए । त्यही अवस्थामा प्रहरी पुगेर पैसा उठाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी जवानलाई त्यस कार्यमा खटाइएको थिएन । बरु आफूहरु तास खेलिरहेको भन्न नसक्नेहरुले नै आफ्नो पैसा लुटिएको खबर गर्दा प्रहरी काहा गयो । आरोपितले तास खेल्नेहरुबाट केही पैसा उठाएको कुराले घटनामा संलग्न थिए भन्ने पुष्टि भइसकेको छ । यद्यपी आफु लुटिएको भनेर खबर गर्नेहरुले नै ती प्रहरीविरुद्ध उजुरी दिएका छैनन् ।
उनीहरुले शुक्रबारसम्म पनि प्रहरीमा उजुरी दिएका छैनन् । यसले के प्रष्ट पार्छ भने, प्रहरीले पैसा लुटेको भन्नेहरु नै जुवाखालमा थिए । प्रहरीमा उजुरी दिदा आफूहरु नै जुवाखालमा भएको कुरा बाहिर आउने डरले भित्रभित्रै मिलाउने प्रयासमा लागेको स्रोतबाट खुलेको छ । उनीहरुलाई अहिले आफ्ना कर्तुत कसरी लुकाउने चिन्ता परिरहेको छ ।
जुम्ला प्रहरीका अनुसार प्रहरीले लुटेको भनेर आरोप लगाइएको बताएको छ । यस बिषयमा आफुहरुलाई आधिकारिक जानकारी नभएको बताएको छ । दोष मात्र लगाएर जाहेरी निवेदन नदिए प्रहरीले लुटेको आरोप लगाउनेको आरोप सहेर प्रहरी बस्नुको काराण के छ । घटनामा संलग्नलाई कारवाहीका लागि प्रहरीले हिरासतमा राखेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले लुटेको आरोप लगाउनेहरुलाई निवेदन दिन भनिएको तर सम्पर्कमा नआएको बताए । उनले यस बिषयमा बुझ्दै गरेको बताए । सो प्रकरणमा संलग्न एक स्थानीयले नाम नभन्ने सर्तमा भने, ‘हामी घरमै रमाइलो गरिरहेका थियौं । त्यहीं अवस्थामा म प्रहरी हुँ भन्दै एक जना आएर रुपैयाँ लुटेर गएको हो ’ ।
घटनाको प्रकृतिलाई अध्ययन गर्दा पैसा उठाउने प्रहरी जवान र त्यस घटनामा रहेकाहरुको गलत छ । यदि जिल्ला प्रहरी कार्यालय जुम्लाले ती जवानलाई कारवाही गर्छ भने उजुरी विना के आधारमा कारवाही गर्छ ? यदि उसलाई कारवाही हुने हो भने जवानले पैसा लुटेको प्रमाणसहितको निवेदन खोइ ? पैसा लुट्ने बेला उनीहरु कुन अवस्थामा के गर्दै थिए ? पैसा लुटियो भन्नेहरुले अहिले निवेदन किन दिएनन् ? के उनीहरुले लुटिएको पैसा पाए ? पाएका हुन् भने कुन माध्यम वा तरिकाबाट पाए ? कि उनीहरुले आफ्नो बदनामबाछ बच्ने बाटो अपनाए ? यस विषयमा प्रहरीले गहिरो अध्ययन गर्नुपर्ने अधिकारकर्मीहरु बताउँछन् ।
गलत गरेकै आरोपमा प्रहरीले कारबाही भोग्नुपर्ने तर आफू गलत कार्यमा लागेर विना उजुरी प्रहरीले पैसा लुट्यो भनेर आरोप लगाउनेविरुद्ध प्रहरी किन उद्धार बन्यो ? यो पनि खोजीकै विषय बनेको छ ।
सुशासनको क्षेत्रमा काम गर्ने प्रहरीमाथि लगाइएको आरोप यो पहिलो होइन्, यसअघि पनि जुम्ला चन्दननाथ नगरपालिकाका एक जना सुन व्यापारीको पसलबाट केही परिमाणमा सुन चोरी भयो । त्यहाँ लागुऔषधमा फसेका युवाहरुले चोरेको आरोप लगाइएको थियो । त्यही चोरी भएको सुन फेरि त्यही सुन पसलमा एक जना महिलाले गहना बनाउने भनेर ल्याएको घटना छ ।
सुन पसलेले महिलाले गहना बनाउन ल्याएको सुन आफ्नो पसलबाट चोरी भएको र त्यो फेरि आफुलाई प्राप्त भएको दाबी गरे । उतिबेला सुन पसलमा ल्याउने महिला भने, प्रहरीकै श्रीमती भएको पसलेले बताएका थिए । तैपनि त्यो काण्ड यसैगरी मिल्यो ।
यस प्रहरीले लागुऔषध प्रयोगकर्ताहरुले सुन चोरी गरेको आरोप लगायो । सुन प्रहरीकै पत्नीबाट भेटिनुले कस्को संलग्नतामा घटना घ्यो ? अन्तमा घटना कसरी मिल्यो भन्ने कुरा प्रष्ट छ । यतिबेला मात्रै होइन् जुम्लामा प्रहरीले संगठननात्मक कार्य निर्देशित जिम्मेवारीमाति नैतिक प्रश्नहरु उठिरहेका छन् । तर, सम्बन्धित निकायहरु भने मौनरही जवाफ विहिन भएको छ ।