काठमाडौं : श्रीमान श्रीमती बिच एक अनौठो बन्धन हुन्छ । कहिले झाकडा त् कहिले माया । यो सधै चलिरहेको हुन्छ । भनिछ छ श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ ।
श्रीमान श्रीमतीबीच कहिलेकाहीँ झगडा हुन्छ । ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने त लोक उक्ति नै छ । त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्वभाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप जटिलता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्वस्त हुने अवस्थामा समेत पुग्ने ।
तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।श्रीमान श्रीमतीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ ।
त्यसैले पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सिमित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच सम स्या देखिने छैन ।
शयन कक्षका कुरा
पति पत्नीले शयन कक्षा वा वेडरुमका कुरालाई सामान्यतया दुई जनामा सिमित राख्दा फाइदा पुग्छ । यस्ता विषयमा मानिसहरुको विशेष चासो रहन सक्छ । साथीभाइले निकै चासो पूर्वक सोधेको खण्डमा उत्साही हुँदै यस्ता कुराहरु खोल्दा ती विषय कुनै दिन मजाकको विषय बन्न पुग्न सक्छ । एक जना मिल्ने साथीबाट अर्कोमा सेयर हुन जानसक्छ र त्यही कुरा पुन पति वा पत्नीले थाहा पाएमा त्यसले सबैभन्दा ठूलो समस्या ल्याउन सक्छ ।
पूर्वको सम्बन्ध
पति पत्निले विवाह भन्दा पहिलाको सम्बन्धबारेमा कुरा गर्दा धेरैमा समस्या पर्ने गरेको छ । केहीले त्यस्ता सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् । त्यसैले यस्ता सम्बन्धहरुलाई सकेसम्म आफैंमा वा पति पत्नीबीचमा राख्ने गर्नुहोस् ।
आर्थिक अवस्थाका कुरा
पति वा पत्नीले एक अर्काको कमाई वा आर्थिक अवस्थाका बारेमा अन्य साथीहरुसँग सेयर गर्नुहुँदैन । दुःख,सुखको कुरा पतिपत्नी बीच मात्रै राख्नु पर्छ । मेरो श्रीमानको कमाई राम्रो छैन् वा मेरो श्रीमतीले राम्रो कमाई गर्न सक्दैनन् भनि अरुलाई सुनाउँदा उनीहरुले तपाइँको आर्थिक हैसियत जान्ने मौका पाउँछन् । र , तपाइँलाई उनले सजिलै नजरअन्दाज गर्नसक्छन् ।
पति पत्नीबीचको झगडा
पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । माथि नै भनिएको जस्तो पति पत्नीको झगडा परालको आगो जस्तै हो । तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ । त्यसैले पति पत्नीबीच भएको समस्यालाई आपसी छलफल कुराकानीमा समाधान गर्न जरुरी हुन्छ ।
नकारात्मक कुरा
पति पत्नीको सम्बन्ध सधैं राम्रो मात्र हुन्छ भन्ने हुँदैन । यो दुई पक्षबीचको आपसी सहमतिको सम्बन्ध भएका कारण यो सम्बन्धलाई राम्रो बनाउन सकेसम्म सकारात्मक सोच राख्न आवश्यक हुन्छ । पति वा पत्नीको नकारात्मक मात्र कुराबारे साथीभाइसँग सेयर गर्नुभयो भने उनीहरुले पनि त्यसमा हो मिलाउने र दुई जनालाई मिलाउनु भन्दा एक पक्षलाई उचाल्ने, डिभोर्सका लागि उक्साउने आदी कार्य गर्न सक्छन् । त्यसैले नकारात्क विषयलाई मात्र नभइ सकारात्मक विषयलाई प्राथमिकता दिने गर्नुहोस् ।