जुम्ला : बिप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र वास्तोलाले कुनै पनि हालतमा एमसीसी लागु हुन नसक्ने बताए । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बास्तोलाले पत्रकार संगको भेटघाटमा यस्तो बताएका हुन ।
उनले एमसीसी सामुहिक हीत र स्वार्थको लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि लागु गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए ।
एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छ । उनले भने,‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ । त्यही आतंक नेपालान फैलिने छ । अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागु गर्न दिनु हुदैन । यो नेपालको हितमा पनि छैन ।
‘यो हाम्रो पार्टीको लागि स्वीकार्य हुदैन । समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन । ’उनले एमसीसीका पछाडी दुर्भाग्यका संकेतहरु देखिन थालेको बताए । नेपालमा विदेशीको प्रभुत्व छ । अमेरिकाको एमसीसी छ । भारत त्यसैको पछाडी दौडिएको छ । नेपाललाई आधारभुमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको छ’, उनले भने, ‘सिंगो देश एकातिर छ । एमसीसी पारीत भएको खण्डमा देशमा ठुलो क्रान्ति हुने सम्भावना छ ।’
उनले सरकार संग भएको तीन बुदे सहमति कार्यन्वयन हुनु पर्नेमा जोड दिए । शान्ति प्रक्रियामा आउँदा भएका सहमति कार्यन्वयन गरेर कैदीलाइ रिहाइ गर्न माग गरे । सरकारले सहमतिलाई कार्यन्वयन गर्नुपर्छ । यो सहमति गोप्य होइन । सबैलाई साछी राखेर गरेको सहमति भएकोले कार्यन्वयन नगरि सुख हुदैन । उनले भ्रष्टचार, वेतिथी,अनियमितता, विकृति,विसंगति अन्त्यका बिषयमा सरकार संग सहकार्य हुनसक्ने बताए । जुम्लामा रहँदा नेता बास्तोलाले नेपालको राजनीति समस्या र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।
नेपालमा बैज्ञानिक समाजबाद स्थापना विप्लपको पहिलो एजेण्डा हो । नेता धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिक समस्या समधान नभई विप्लप पार्टी कुनै पनि सरकारमा नजाने बताए । विप्लपका नेता बास्तोलाले मुख्य समस्या भनेकै वर्तमान राजनीतिक समस्या भएकाले संसदीय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादको स्थापना नगरी विप्लव सरकारकामा सहभागी नहुने दाबी गरे । नेपालका प्राकृति स्रोत बेचविखन हुदैछन् । एमसिसि ल्याउन खोजिदैछ । जसले नेपालको विकास भन्दा विनास गर्ने निश्चित छ ।
वर्षौदेखि प्रतिबन्द रहेको विप्लव पार्टीलाई केपी सरकारले शान्ती प्रक्रियामा ल्याउने प्रयास स्वरुप ३ बुदे सहमती सहित हामी शान्ती प्रक्रियामा आयौ । नेता बास्तोलाले थपे,“३ बुदे सहमतीको पहिलो बुदामा नेपालको वर्तमान राजनीतिक समस्यालाई शान्तीपुर्ण आन्दोलन,वार्ता,तथा संवादका माध्यबाट टुंगाउने सम्झौता भएको छ ।
हामीले नेपालका सबै दल संग बैज्ञानिक समाजबाद स्थापनाका लागि एकखाले परामर्श छलफल पनि शुरु गरिसकेको समेत विप्लव नेता बास्तोलाले बताए । वैैज्ञानिक समाजबाद स्थापनाका लागी नेपालका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प छैन ।