सिमकोट : नेकपा एमाले पार्टीको केन्द्रमा आएको फुटलाई बचाइ राख्न हुम्लाका पार्टी अध्यक्ष दलबहादुर रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । विभाजित हुनु अगाडी एमालेका केही जिम्मेवार पदाधिकारी सदस्य नेकपा समाजवादीमा लाग्ने संकेत देखिएपछि सो पार्टी समिति बनाएर एकताको पहल गर्ने भएको हो ।
जिल्लामा पार्टीलाई फुटबाट जोगाइ राख्नका लागि केन्द्रमा भएको विभाजनपछि बसेको पहिलो जिल्ला कमिटि बैठकले पार्टी अध्यक्षको संयोजकत्वमा तीस सदस्यीय समिति गठन गरिएको अध्यक्ष रावलले बताए ।
पूर्व अवस्थामा एमालेको अवस्था कायम राख्न र केही साथी विभाजित भएर पार्टीमा जाने देखिएपछि छलफल, समन्वय र पार्टी एकता कायम राख्नका लागि गठित समिति पहल गर्ने उनले बताए ।
एकता समितिमा अध्यक्ष रावल, उपाध्यक्ष ज्ञानी बुमी प्रदेश कमिटि सदस्य फल फडेरा रहका छन् । यो समितिलाई गाउँपालिका स्तरमा पनि गठन गरेर पार्टी एकताका लागि पहल एमालेले गर्ने जनाएको छ ।
त्यसै गरि बैठकले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन हुने भएकोले त्यसका लागि आगामी असोज १५ गतेभित्र संगठिक सदस्यहरुको नविकरण गर्ने निर्णय गरेको छ ।
उक्त पार्टीले विभाजनपछि सात वटै गाउँपालिका र ४४ वटै वडाहरुमा पार्टीका संरचनाहरुको बैठक पनि तत्काल गर्ने निर्णय एमालेले गरेको छ । नेकपालाई सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र फरक पार्टीका रुपमा उभ्याएपछि एमाले हुम्लाको पहिलो बठैक सुरु भएको छ । पूर्वत पार्टी नै खडा भएपछि सो पार्टीका जिल्ला अध्यक्ष दल बहादुर रावलले बैठक बोलाएका थिए ।
अध्यक्ष रावलका अनुसार दुई पार्टी अलग भएपछिको एमालेको जिल्लामा पहिलो बैठक बसेको बताए । एमाले आन्तरिक जीवनमा असहज र असामान्य अवस्थामा रहेको बेला बैठक बोलाइएको उनले बताए । संगठनलाई अब अगाडी बढाउनका लागि पनि जिल्ला कमिटीको बैठक आवश्यक महशुस रहेको बैठक बोलाइएको एमाले हुम्लाले जनाएको छ ।
केन्द्रमा एकता कार्यदलले तयार पारेको दश बुँदे सहमतिको अक्षरस कार्यान्वयन हुने गरि बैठक सुरु भएको हो । यसअघि पनि एमालेमा विवाद हुँदा अध्यक्ष रावल वली पक्ष रहदै आएका थिए ।
बैठकमा २०७५ जेठ २ गते नेकपा हुनु पूर्वका पार्टी उपाध्यक्ष, सचिब, उपसचिब र सदस्यलाई बोलाइएको भए पनि एमाले हुम्ला सचिप तीर्थराज रोकायाको भने उपस्थिती रहेको छैन । बैठक जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको छ । बैठक १७ गतेका लागि बोलाइएको भएपनि केही पदाधिकारी र सदस्यहरु ढिलो आएको कारण बैठक एक दिनपछि सुरु भएको हो । बैठकमा एमाले प्रदेश कमिटिका अध्यक्ष गोरख बहादुर बोगटीको पनि उपस्थिती रहेको छ ।