काठमाडौँ : पछिल्लो समय अमेरिकी सेना र अफगानिस्तान एवं पाकिस्तानी विद्रोहीबीचको चर्चा व्यापक छ । वर्षौदेखि अफगानिस्तानमा युद्ध छेडेको अमेरिकाले अन्ततः तालिवानसँग हारेर घर फर्किसकेको छ । अमेरिकाको यो हारलाई चीनसँगको हारका रुपमा पनि हेरिएको छ । चीनको सहयोगमा तालिवान फेरि अफगानिस्तानको सत्तामा पुगेको छ । तर अमेरिका र अफगानिस्तानको द्धन्द्ध सानो भने छैन । खासगरी सन् २००१ सेप्टेम्बर ११ का दिन अलकायदाले अमेरिकामा आक्रमण गरेपछि यो विषय झन चर्चामा आएको थियो । अमेरिकाको ट्रेड टावर र पेन्टागन लगायतका चार ठुलो भवनमा हवाइजहाज ठोक्काएर गरिएको आक्रमणले विश्व स्तब्ध भएको थियो ।
खासगरी त्यो योजनाका मुख्य योजनाकार ओसामा बिन लादेन थिए । जसले अमेरिकाको निन्द्रा ब्युझाएका थिए । आक्रमण भएको १० वर्षपछि अमेरिकाले बदला लिएरै छाड्यो । सन् २०११ मे २ का दिन पाकिस्तानको जलालाबादस्थित ऐबटाबादमा अमेरिकाले लादेनलाई मारेरै छाड्यो । अमेरिकी नौसेनाको विशेष कमाण्डोले विश्वलाई नै चकित पार्ने गरी लादेनलाई मारेको थियो । तर त्यसरी लादेनलाई मारेर गोली हान्ने सेनाको वास्तविक बयान अझै सार्वजनिक गरिएको छैन । केही टेलिभिजन अन्तर्वार्ता र पूस्तकमा यसबारे लेखिएपनि अमेरिकाले त्यसलाई औपचारिक भनेको छैन । तर पनि मानिसहरुलाई चाँसो छ, लादेनलाई अमेरिकी सेनाले कसरी गोली हानेर मारेको थियो ? लादेनलाई मार्ने कमाण्डोका एक जना सेनाले यसबारे सनसनी बयान सार्वजनिक गरेका छन् । अमेरिकी पूर्वसैनिक रोबर्ट ओ निलले आफ्नो पुस्तकमा यसबारे केही सनसनी खुलाएका छन् । नेभी सिल अफिसरका रुपमा परिचित उनी आफैले लादेनलाई गोली हानेको बताएका छन् ।
आफ्नो नयाँ पुस्तक ‘द अपरेटर’मा उनले लादेनमाथि गरिएको आक्रमण र अप्रेशनबारे खुलाउँदा यसले धेरैको ध्यान त्यतिबेलाको अलकायदा र अहिलेको तालिवानतर्फ पनि जान्छ । पुस्तक प्रकाशन गरेपछि उठेको प्रश्न र विश्वसनीयताबारे रोवर्टले सन् २०१७ बिबिसीलाई एउटा अन्तर्वार्ता दिएका थिए । सोही अन्तर्वार्तापछि यसबारे बाहिर प्रकाशमा आएको हो । सो अन्तर्वार्ताको केही सम्पादित अंश:
अलकायदाले त्यतिबेला अमेरिकामा हवाइजहाज आक्रमण गर्दा तपाइँ कहाँ के गर्दै हुनुहुन्थ्यो ?
अमेरिकाको चर्चित वर्ल्ड ट्रेड टावरमा सन् २००१ मा आतंकवादी आक्रमण हुँदा म बाहिर थिए । त्यतिबेला म जर्मनीमा तैनाथ एक विशेष अमेरिकी युनिटको सदस्य थिए । जर्मन स्पेसल फोर्ससँग ट्रेनिङ गरिरहेको थिए। जब आक्रमणको खबर मैले सुनेँ म इमेल टाइप गरिरहेको थिए। हवाई आक्रमणको विषमया टेलिभिजनमा हेरेँ।
केही समयपछि नै ओसामा बिन लादेन यो आक्रमणमा सहभागी रैछन् भन्ने थाहा भयो। मलाईं अब अमेरिका र अल–कायदाबीच युद्ध हुन्छ भन्ने लागिसकेको थियो।
अनि लादेन अप्रेशनमा कसरी सम्मिलित हुनुभयो ?
अमेरिकी आक्रमणको १० वर्षपछि म विश्वको सबैभन्दा ठूलो अभियानमा आवद्ध भएको हुँ । जुन अप्रेशन सफल भयो । र, लादेनलाई हामीले मारेरै छाड्यौँ । यो अभियानमा देशका अलग–अलग हिस्साबाट सेनाको चयन भएको थियो। हामीलाई यो अभियानबारे कसैलाई बताउन अनुमति थिएन। अभियान सफल हुन्छ भन्नेमा हामीलाई विश्वास थियो । तर अभियान सकेर फर्किन्छौं जस्तो लागेको थिएन।
किन त्यति धेरै डर लागेको तपाईलाई त्यतिबेला ?
यसरी डर लाग्नुको मुख्य कारण पाकिस्तानको आधुनिक सैन्य र आणविक शक्ति थियो । जोसँग आधुनिक वायु रक्षा प्रणाली, राम्रो राडार, सेना र अमेरिकी हेलिकप्टर समेत खसाल्न सक्ने क्षमता थियो। कतिसम्म पाकिस्तानमा उडान भर्दा हेलिकोप्टरको इन्धन जोगाउनै मुश्किल हुन्छ । यदी हाम्रो हेलिकप्टरको इन्धन सकिएको भए हामी पाकिस्तानको भूमिमा हुन्थ्यौँ र मारिन सक्थ्यौँ । यस कारण हामी सफल हुने अवस्था आउँदैन थियो। तर हामीले चुनौती स्वीकार गरेर लादेन अप्रेशन सफल पारेरै छाड्यौँ ।
यो अप्रेशन थाल्नुपूर्व कस्तो प्रशिक्षण गरिन्थ्यो ? त्यो बेला के के सोच्ने गरिन्थ्यो ?
प्रशिक्षणमा धेरै कुरा छ । जुन मैले यहाँ भन्न मिल्दैन । हामीले हाम्रो सैन्य जीवनमा धेरै त्यस्ता प्रशिक्षण गर्यौं, जहाँ मिसनका दौरान जब हामी टिमका सदस्यबीच कुरा गथ्यौंं तब हामी ‘गुड नाइट’ नभएर ‘गुड बाई’ भनेर सुत्थ्यौं ।
के थाहा भोली बाँचिन्छ या मरिन्छ। म एकदिन परिवारको साथमा रेस्टुरेन्ट गएको थिए । मैले छोरी खेलिरहेको देखें र सोचे सायद मैले छोरी अन्तिमपटक खेलेको देखिरहेको छु। हामीले परिवारलाई पनि यो मिसनको बारेमा भन्न सक्दैनथ्यौं। त्यति धेरै जटिल प्रशिक्षणमा हामी सहभागि थियौँ ।
लादेन लुकेको ठाउँ पाकिस्तानको ऐबटाबाद कसरी पुग्नुभयो ?
हामी अफगानिस्तानमा थियौं, हामीलाई अत्यन्त जरुरी मिसनमा जानुपर्छ भन्ने सूचना आयो। हामीले आफ्नो परिवारलाई फोन गर्यौ र अभियानका लागि निस्क्यौं। हामी दुई हेलिकप्टरमा जानेछौं भनेर जानकारी भयो। हाम्रो पछाडि अन्य दुई हेलिकप्टर र त्यसको पछाडि पनि दुई अन्य हेलिकप्टर ब्याकअपका लागि थिए।
त्यसको अर्कोदिन २ मे २०११ मा हामी अफगानिस्तानको सैन्यबेसबाट उड्यौं। सीमा हुँदै एउटा नदी कटेपछि बाँया तिर लाग्यौं, फेरि दाहिने उड्यौं, हामी पाकिस्तानको सीमामा थियौं। पाइलटले हामीलाई हामी पाकिस्तानमा रहेको बताए। लक्षित क्षेत्र पुग्न ९० मिनेट लाग्ने भनियो। हामी मुख्य अभियानमा संलग्न थियौं। हाम्रो दुई हेलिकप्टर पछाडिको हेलिकप्टरले इन्धन भर्ने काम गर्थ्यो। त्यो ९० मिनेट हामीले एक अर्कालाई हेराहेर गरेका थियौं। कोही आईप्याडमा हेर्थे त कोही निदाएका थिए।
९० मिनेटपछि हामी त्यो आधुनिक शहरमा थियौं । जहाँ रिसोर्ट र गल्फ खेल्ने ठाउँ थियो। पाइलटले हामीलाई एउटा छतमा उतारे। हामीले उत्रिने बित्तिकै एउटा ढोका बमले उडान खोज्यौं तर त्यो नक्कली ढोका रहेछ। हामीले अर्को ढोका बमले पड्काउन खोज्यौ तर हामी ढोका उघारेर भित्र छिर्यौ। हामी अब ओसामा बिन लादेन बस्ने ठाउँमा थियौं। मैले हाम्रा टिमका सदस्यले महिला र बालबालिकालाई एकै ठाउँमा राख्दै गरेको देखें। कुनै पनि समय बम पड्किनसक्छ र हाम्रो मृत्यु हुनसक्छ भनेर सजग थियौं । तर हामी मिसनमा केन्द्रित भयौं।
त्यहाँ लादेनलाई कसरी भेट्नुभयो ?
हामीलाई कुनै महिलाले यो भनेकी ओसामा बिन लादेन अर्को कोठामा छन् । तर त्यहाँ उसको सुरक्षाको लागि उसका छोरा छन्। मेरा साथीहरु कोही दायाँ कोही बायाँ बाटो खुला गर्दै हिँडे। मेरो अगाडि मेरा नेभी सिल कमाण्डो साथीहरु थिए। म उनीहरुको पछाडि थिए। केहीबेरमै हामी लादेनको कोठा पुग्यौं। त्यहाँ केही मानिस थिए। उनीहरुले पर्दा हटाए, नजिकै दाहिने पट्टी ओसामा बिन लादेन कम्मरमा हात राखेर उभिएका थिए।
लादेनलाई देखेपछि गोली हान्न सुरु गर्नुभयो ?
लादेन देख्नेवित्तिकै मैले बन्दुक ताके । ट्रिगरमा औला थियो नै । मैले पहिलो हेराईमै लादेनमाथि गोली हाने । यति छिटो गोली हाने कि जुन मलाई पनि अहिले सम्झिन गाह्रो पर्छ । लादेन उभिएको बेलामा दुई गोली चलाए । त्यसपछि उनी ढले । जब उनी भुइँमा लडे अर्को गोली चलाए । लादेन छटपटाउन छाडे । रगत बग्यो । नजिकै लादेनकी श्रीमती र उनको छोरा थिए। मैले दुवैलाई हातले अर्को कुनामा धकेलेर लडाएको थियो । ता कि गोली हान्दा बिचमा नआउन र निर्धक्कसँग लादेनलाई मार्न सकियोस । मैले गोली चलाएको तीन मिनेटपछि अरु कमाण्डो आए । जतिबेला लादेन पूर्ण रुपमा मारिएका थिए । हाम्रो मुख्य मिशन सफल भएको थियो ।
अनि त्यसपछि के के गर्नुभयो ?
लादेन मारिएपछि पहिला त हामीले एक अर्काको अनुहार एकपटक हेर्यौँ । त्यो हाम्रो होइन, पूरा अमेरिकाको सफलता थियो । त्यो खुशी हाम्रो अनुहारमा थियो । हाम्रो कुनै हताहतीविना लादेनलाई मारिएको थियो । यो आफैमा नयाँ र विशेष अप्रेशन थियो ।
त्यसपछि हाम्रा साथीले लादेनको लाश लिएर बाहिर आए। क्याप्टेन फिलिप त्यहीँ थिए। त्यसपछि त्यहाँबाट जान हामीले टिमका सदस्य बोलाउन थाल्यौं। यो अभियानको दौरान मेरा अगाडि हिँड्ने सैनिक दोस्रो समूहका थिए। उनीहरुले ओसामालाई कसले गोली चलायो भनेर सोध्न थाले। मैले चलाए भनेर जवाफ दिएपछि उनीहरुले मलाई धन्यवाद भने । त्यतिबेला एक अमेरिकी हुनुमा गर्व गरे । जुन खुशी धेरै अमेरिकी मेरा छोरी र श्रीमतिसँग पनि सुनाउँछन् ।
त्यसपछि लादेनको इलाकाबाट कसरी बाहिर निस्कनुभयो ?
हाम्रो साथमा केही ठूलो हेलिकप्टर थिए । जो हामीभन्दा ४५ मिनेट पछाडि त्यहाँ पुगेका थिए। तीमध्ये एक हेलिकप्टरलाई हामीले बोलाएका थियौं। एउटा हेलिकोप्टर दुर्घटना हुन पुग्यो । जुन ग्रुपको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । तिनीहरु हामीले बोलाएको हेलिकप्टरमा बसे। दोस्रो आफ्नो पहिलेकै हेलिकप्टरमा त्यहाँबाट निस्किए। हामीले ओसामा बिन लादेनको डीएनएको नमूना बोेकेका थियौं भने अर्को हेलिकप्टरले लाश।
हामी अफगानिस्तानको सीमातर्फ लाग्यौं। हामीलाई थाहा थियो कि ९० मिनेट लगातार हेलिकप्टर उडे हामी सुरक्षित रुपमा निस्कन सक्छौं। हामीले घडीमा स्टपवाच अन गरेर त्यसलाई हेरिरहेका थियौं। सबै चुप थिए, कोही बोलेका थिएनन्। केही समयपछि पाइलटले अफगानिस्तानको सीमामा पुगेको खबर गरेपछि हामी ढुक्क भयौं। यो भनेको हाम्रो मिशन सफल भएको थियो । इतिहासकै एउटा ठूलो अप्रेशन हामीले सफल पारेको थियौँ ।
त्यसपछि आफूलाई कस्तो महसुस भयो ?
अफगानिस्तान पुगेपछि हामीलाई लादेनको विस्तृत विवरण मागियो । उसको लम्बाई लिन पनि भनियो। राष्ट्रपति बाराक ओबामाले यस्तो निर्देशन दिएको हामीलाई जानकारी आयो। त्यतिबेला लम्बाई नाप्ने काम एक स्नाइपर बन्दुकले गरेका थियौँ । त्यसपछि लादेनको शरीर अर्को सैन्य बेस लगियो र हामीले जुन एबटाबादबाट ल्याएका थियौं ।
त्यसपछि लादेनको मृत शरीरलाई कहाँ लगियो थाहा छ ?
त्यतिबेला एफबीआई टिमले अनुसन्धानको लागि भनेर लादेनको शरीर लगेको थियो । लादेनको शरीर अमेरिकी नौसेनको जहाजमा राखेर अरब सागरतर्फ लगेको देखेका थियौँ । त्यसपछि के गरियो ? कहाँ राखियो मलाई पनि एकिन थाहा छैन ।
अनि अमेरिकी सैन्य क्याम्प र अमेरिका फर्केपछि तपाईलाई कसरी हेरियो ?
लादेनको शरीर लिनेवित्तिकै मलाई फोन आएको थियो । राष्ट्रपति ओबामाकै फोन समेत आयो । र, उहाँले मिशन सफल पारेकोमा धन्यवाद भन्नुभयो । भर्जिनिया, सेन्ट डिएगो र वासिंटनबाट फोन आयो। सबैलाई मलाई अमेरिकी जनताको लागि हिरो भएकोमा धन्यवाद भने । तर पनि कमाण्डोको रूपमा हामी यस्ता चीजहरुमा यति अभ्यस्त छौं कि मलाई यो एकदम सामान्य लागेको थियो। हामी अमेरिका फर्केपछि धेरैले मलाई देखेर अंकमाल गरे । अमेरिकी सपना पूरा गरेकोमा धन्यवाद दिए । अहिले पनि लाग्छ, एक अमेरिकी हुनुको नाताले हामीमाथि आक्रमण गर्नेलाई कुनै न कुनै दिन हामी सिध्याएरै छाड्छौँ । लादेनकै हालत बनाउँछौँ । जुन पहिलो विश्वयुद्धदेखि आज पर्यन्त कायम छ ।
(बिबिसी र अमेरिकी सञ्चारमाध्यमको सहयोगमा)