खलंगा : नेकपा एमाले जुम्लाको सिंगो जिल्ला समिति एकीकृत समाजवादी पाटीमा रहेको छ । नेकपा एमाले जुम्लाको कुल ६१ जना मध्ये जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक सबै एकीकृत समाजवादीमा गएका हुन् । एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलन गरेर नेकपा एमालेका सबै संगठनहरु समाजवादी पार्टीमा रहेको जनाएको हो ।
नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई मात्रै उभिएका छन् । धीर बोहोरा मनोनित सदस्य भएकोमा एमालेले यसअघि नै निष्कासन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ, शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादीतिर रहेको एकीकृत समाजवादीको दाबी छ ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया,सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्र विज्ञप्ति निकालेर सिंगो नेकपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको छ । सचिव आदीप्रसाद न्यौपानेले जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए ।
उनले भने, ‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन । केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा रहेकाले यही २२ गते सम्म गर्ने तयारीमा छन । ’
‘जुम्लामा सुर्य चिह्नको अवधि सकियो’
प्रदेश सभा सदस्य तथा जुम्ला क्षेत्र (ख) का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत समाजवादीमा लागेको जनप्रतिनिधिले जुम्लामा सुर्य चिह्नको अवधि सकिएको बताएका छन् । ‘केन्द्रदेखि जिल्लासम्म ओली ‘बा’ गुटको प्रवृत्ति हामी भएका कारण सुर्य चिह्नको अवधि सकिन लागेको’ सांसद रोकायले बताए ।
केपी ‘बा’ाले गरेका गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेको र विकल्पको रुपमा समाजवादी पार्टीको खुल्ला किताब चिह्न उदाएको (पुर्व एमाले) सचिव आदीप्रसाद न्यौपानेले बताए । सांसद रोकायाले, ‘यो पार्टी कुर्सीका लागि होइन । यो पार्टी हरेक अनैतिकताकोविरुद्ध लड्ने जुझारु पार्टी हो’ थपे । जुम्लामा एकीकृत समाजवादी नै संस्थापक भएको बताउँदै उनले ओली निकटको नेकपा एमाले विद्रोही पार्टीको रुपमा रहेको बताए ।
‘अहिले हामी संकटमा छौँ । पहिले एमाले पार्टीको विकास, विस्तार गर्ने पनि हामी नै हौँ । अहिले अर्को पार्टी गठन गर्नु परेको छ । यो केपीको अहंकारका कारणले हो ।’
उनले भने, ‘ मैले २०७० र २०७४ सालको चुनावमा माधव प्यानलबाट चुनाव लडेको हुँ’ । पहिले माओवादी केन्द्रसँग पार्टी एकता गर्नु ओलीको ठुलो भुल थियो । ‘एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी संञ्चालनमा भएका समझदारी कार्यान्वयन इमान्दारिताका साथ गर्नुपथ्र्यो’ उनले भने, ‘तर केपीले उलंघन गरे । हरेक बाँडफाँडमा विभेद गरे । माधव नेपाल निकटलाई पेल्न थाले । विधि पद्धति र प्रक्रिया मिच्न थाले । ’
जुम्लामा मात्रै नभयर एकीकृत समाजवादीले यसले छोटो समयमै प्रगति गर्ने भएको उनले बताए । आफुले पद भन्दा पार्टी, विचार र सिदान्तलाई प्रमुख मान्ने व्यक्तिको जमात भएको समेत बताए ।। त्यहीं भएर एकीकृत समाजवादी जुम्लामा फड्को मार्ने निश्चित भएको समेत दाबी गरे ।
सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरेका छन । उनले पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने दाबी गरे । कर्णालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कव्जा गर्ने ठोकुवा समेत गरे ।
तत्कालिन नेकपा एमालेका सचिव तथा हालका नेकपा एकीकृत समाजवादीका नेता आदीप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै बाहुल्यता रहेको समेत बताएका छन् । उनले थपे, ‘एमाले २५ प्रतिशत होला । तर, अब यो घट्दै जानेछ ।’ उनले आगामी चुनावमा माओवादीसँग तालमेल गरेर भएपनि चुनाव जित्ने बताए ।
नेता न्यौपानेले भने, ‘नेकपा एकीकृत समाजवादी विधिमा चल्ने पार्टी हुन्छ । एक बर्ष भित्र पार्टीको आफ्नै भवन हुनेछ । एमाले भन्दा ठुलो पार्टी बन्नेछ । त्यसैले एमालेतिर भएकासाथीहरुलाई आह्वान गर्छौं । तपाईहरु एकीकृत समाजबादीमा आउनुहोस् । नत्र पछि पछुताउनु पर्ने अवस्था आउन सक्छ ।’
‘पार्टीको विचार र सिद्धान्त व्यवहारले फरक पार्ने हो’ उनले भने, ‘सुर्य चिन्ह निर्जिव वस्तु हो । मुख्य कुरा विचार सिदान्त नै हो । जनता प्रतिको लगाव हो । केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी भएकोले एमाले कुनै पनि हालतमा फस्टाउन सक्ने छैन ‘हामी नयाँ तरिकाले अघि बढौँ । चिन्ह प्रमुख होइन ।'
केही प्रभावशाली नेताका कारणसुर्य चिन्ह ब्राण्ड बनेको थियो । अब केपी बाको कारण सुर्य चिन्हको अस्तित्व संकटमा पर्ने भएको समेत नेताहरुले दाबी गरे । उनले, ‘जुम्लामा एमाले बनाउने हामी हौं । ओलीको कारण हामी अहिले समाजवादीतिर छौं । यसको मतलब यो होइन् हामीसँग सिद्धान्त छैन । ओली भन्दा विचार सिद्धान्त हामीसँगै छ’ थपे ।