सिमकोट : १४ औं महाधिवेशनमा प्रवेश गरेको नेपाली कांग्रेस हुम्लाका २३ वडा अधिवेशनले सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेका छन । केन्द्रमा देखिएको गुटगत छाँया वडासम्म पुग्दा आकांक्षी देखिएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको कांग्रेस हुम्लाले जनाएको छ ।
शुक्रबारबाट सुरु भएका वडा अधिवेशनहरु २३ वटा वडामा सम्पन्न भएको र बाँकी २१ वटा वडाको नेतृत्व छनौट हुन सकेको छैन । ती वडामा पनि सर्वसम्मत नेतृत्व छनौट गर्ने कार्य भइरहेको छ ।कांग्रेस सभापति जयपति रोकायाका अनुसार हालसम्म २३ वडामा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको छ ।
सात वटै गाउँपालिका गरि ४४ वडा रहेको हुम्ला जिल्लामा २१ वडा अधिवेशन प्रारम्भ भएको भएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने कार्य जारी रहेको छ ।
यसरी सर्वसम्मत नेतृत्व चयन गर्नेमा नाम्खा गाउँपालिका छ वटा वडामा पाँच वटामा सिमकोटमा आठमा सात वटा, खार्पुनाथमा पाँच वटामै, चंखेलीमा छ वटामा दुई वटा वडामा, अदानचुलीमा छ वटा वडामा तीन वटामा ताँजाकोटमा पाँच वटा वडामा एक वडामा अधिबेशन भएर नेतृत्व चयन भएको हो ।
र, बाँकी २१ वटा वडामा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास भइररहेको बताइएको छ । कांग्रेस केन्द्रबाट खटिएका जिल्ला चिर्वाचन दुर्गा सापकोटाका अनुसार सञ्चार असुविधाको कारण अधिवेशनका सुचना संकलन गर्न कठिन भएको छ ।
गाउँपालिकाका वडाहरुबाट अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त हुन थालेको उनले बताए । अधिवेशनका लागि खटिएका मतदान अधिकृतका लागि निर्वाचन प्रक्रियाका बारेमा अभिमुखीकरणको अभावका कारण पनि केहीमा समस्या हुने गरेको देखिएको जनाए ।
नेपाली कांग्रेस हुम्लाका सबै वडाहरुमा शुक्रबारबाट वडा अधिवेशन आजबाट सुरु भएको थियो । यसका लागि पार्टीको समन्वयमा निर्वाचन अधिकृतले वडाका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई मदतान अधिकृतमा खटाइएको थियो ।
सअघि केही शिक्षक संघसँग आवद्ध नभएका शिक्षकको पनि मतदान अधिकृतमा नाम आएपछि शिक्षक संघको आपत्तिपछि उनीहरुको नाम हटाइएको थियो ।