सिमकोट : नेपाली कांग्रेस सिमकोट गाउँपालिकाको– ५ को वडा सभापतिमा कुल रावत सर्वसम्मत चयन भएका छन् । यसअघि पनि सभापति नै रहेका रावतलाई अधिवेशनले पुनः सभापतिमा दोस्रो पटक चयन गरेको हो ।
अधिवेशनका लागि मतदान अधिकृत खटिएकी कल्पना रावतले सर्वसम्मत रुपमा रावत सभापति चयन भएको बताइन् । योसँगै दुई जना उपसभापति काली रोकाया र सुर्य कामी, एक कोसाध्यक्षमा देव भण्डारी, सचिवमा ज्ञानसिंह रोकाया, दुई जना सहसचिव र सदस्यहरु पनि छनौट भएको उनले बताइन् ।
यस्तै मनोनित पाँच जना सदस्यहरु पनि छनौट भएका छन् । आकांक्षी बढी भएपछि कांग्रेस क्षेत्रीय प्रतिनिधिहरु छान्न भने निक्कै हम्मे परेको थियो । अन्तमा सर्वसम्मत रुपमा उक्त प्रतिनिधिहरु पनि छनौट भएको उनले बताइन् ।
अधिवेशनले सर्वसम्मत छनौट गरेका क्षेत्रीय प्रतिनिधिहरुमा बसन्त रोकाया, धर्मराज रोकाया, शुशिला रोकाया, लोक्ते कामी, कृष्ण रोकाया, कृष्णबहादुर बोहरा, भुपुल्ली कामी, सरिता रावत, लालकला बोहरा, नरजित परियार, राजेन्द्र रावत, ज्ञानु रोकाया, पासाङ लामा, कर्ण बहादुर भण्डारी र राजन रावत रहेका छन् ।